फेयरफ्यक्स काउन्टी भित्र सामुदायिक भबन निर्माणको लागि सामुदायिक भावना रहोस् भन्ने आम चाहना

बिरकाजी बस्नेत २०७६ असोज ६ गते २:३४ मा प्रकाशित

 

नेपालीहरुका लागी फेयरफ्याक्स काउन्टी भित्र सामुदायिक भबन निर्माणको लागि सामुदायिक भावना रहोस् भन्ने आम चाहना रहेको छ । यसको लागि अग्रिम मोर्चामा रहेर भूमिका खेल्नु हुने हरु प्रती शुभकामना छ । भन्न सजिलो भए पनि लक्ष्य सम्म पुग्न लाग्ने समय ,लगन ,मिहिनेत र झन्झट र चुनौती हरु गर्नेलाई मात्रा थाहा हुन्छ । तर पारदर्शिता यसको सबल पक्ष हो र निर्णय प्रकृया हरुमा ब्यापक जनसहभागीताका साथ इकाइ प्रणाली हुँदै भूमिका र जिम्मेबारी  अनि दायित्व बोध र निजहरुले देखाएको कार्य कुसलताका आधारमा जिम्वेबारी थपिदै जादा राम्रो हुने थियो कि भन्ने हो । यसमा कुनै बिचारगत पक्षधरता ,लाभहानीको लेखाजोखा ,श्रेय लिने होड्बाजी र आत्मा प्रसंसा बटुल्ने प्रचारबाजी तिर कसैले पनि नलागी सामाजिक सेवा भावले योगदान दिनु सफलता तिर पुग्ने राजमार्ग हो जस्तो लाग्दछ । कुनै एउटा भेला वा बैठक मात्र नभएर यसका सबै प्रकृया र गतिबिधी ऐतिहासिक हुन सक्नु राम्रो हो ।

यसो हुँदा स्याट्लाइट कमिटी होस् वा अन्य कमिटीको निर्माण र निर्णय सबैको अपनत्व अनुभुत हुने खालको हुनु पर्दछ । यसका साथै बिगत मेरिल्यान्डको पुरानो मन्दिरको सम्पत्ति बेचबिखन र चन्दा ,दान दातब्य हुँदै देउसी भइलो बाट संकलित रकम को उपयोग गरी नयाँ मन्दिर बनाउदाको अनुभब ,गरिएका कमि कमजोरी  , झेल्नु परेका कानुनी अड्चन ,लोकेसन निर्धारणमा हुन पुगेको होसियारिको कमी , जग्गा जमिन खरिद को मुल्य निर्धारणमा लागत कम गर्न नसक्नुको अवस्था र स्थानिय जो मन्दिर परिसर वरपर छन सँग गर्न नसकिएको समन्बय जस्ता कमजोरी यो पटक नदोहोरिन सजक हुनुपर्दछ । रकम संकलनको लागि लगाइएको पुराण बाचन सुन्न उत्साही र जिग्यासु केही जनहरु एकसाता सम्म काम छुट्टीमा बसी सहभागी हुँदा सोचेको तरिकाले पुराण बाचन अघी नबढेको भन्दै केही निरास हुन पुगेको पनि सुन्नमा आयो । गच्छे अनुसारको दान  दिन गएकाहरु रकमको मात्राको कारणले देखापर्न धक मानेको र ठुलो परिमाण र दम्पती नृत्यले अलिक बजार पाएको हो कि भनी महसुस गर्ने पनि सुनिए । पुराण बाचक लाई प्रदान गरिएको प्रमाण पत्र र त्यसको नामाकरण बाट केही अलमलमा परेको भन्ने पनि थिए ।

तर सुरु देखी अन्त्य सम्म समय र लगनका साथ सहभागी भएका हरुको योग्दान लाई काम आक्नु कसैले पनि हुँदैन ततपस्चात समिती निर्माणमा मतदान हुनु पर्नेमा मनोनयन प्रकृयामा लगिएको भन्दै एक समुहले उक्त घोषणा सभामा नै बिरोध गरेको पनि सुनिन आयो । यसलाई ब्यबस्थित गरिनु पर्थ्यो तर असन्तुस्टहरुलाई सल्लाहकार तिर समेटियो र आफन्त र नातेदार अगाडि देखा परे भन्दै एक समुहको यस्तो गुनासो रहेको छ । आम असन्तुस्टीको सन्तोष जनक सम्बोधन गरिनु पर्ने हुन्छ ।

जमिन खरिद कर्ताहरुले लोकेसन निर्धारण, मुल्य निर्धारण,खरिद प्रकृयामा निजी जस्तो निस्चित नाफादर बाट टाढा रही समाज सेवी भाबले कार्य सम्पादन गर्नु पर्छ । यसको लागि लागेको समय र स्रमको बरु समाजले केही बेहोर्दा हुन्छ पारदर्सी पूर्वक । सबैको लगानी , अपन्त्व ,भावना र उत्साह र श्रम सेवालाई प्रोत्साहित गर्दै अघी बढ्नु पर्ने हुन्छ । यि सबै निजी बिचार नभएर बिभिन्न हिस्सा बाट निस्केका आवाज हरु यहाँ राखिएको हो । बिना पूर्बाग्रह यस् माथि गरिने सुजाब वा खण्डन मण्डन को हार्दिकता पूर्वक अनुसरण गरिने छ । खुत्रुक्के लगायत का अरु पनि इन्नोभेटिव बिचार हरु लाई उपयोगीता अनुसार ग्रहण गर्दै जानु पर्छ ।

धन्यवाद ,नमस्कार ।

प्रतिक्रिया