आइतबार, मंसिर २९ २०७६
काठमाडौं ०३:५२
वासिङटन डिसी 17:07

प्रथम मध्यबिन्दु कप असोज १२ देखि सुरु हुने

इनेप्लिज २०७६ असोज ४ गते १६:०६ मा प्रकाशित

नवलपुर, ४ असोज । प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता २०७६ यहि असोज १२ गतेदेखि हुने भएको छ ।आज प्रत्रकार सम्मेलन गरि असोज १२ गते अर्थात घटस्थापनाको दिनबाट मध्यबिन्दु ७ चोरमारामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

मध्यबिन्दु नगगरपालीका बडा न ७ मा रहेको खेलमैदानलाई नवजागरण नमुना मावि चोरमारा रंगशाला नामाकरण गरि प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नवजागरण नमुना मावि खेलकुद मैदान स्तरोन्नतिका अध्यक्ष श्याम पौडेलले बताए ।

यस वर्षबाट सुरु गरिएको मध्यबिन्दु कप प्रत्येक बर्षको घटस्थापनाको दिनबाट निरन्तर संचालन गरिने अध्यक्ष पौडेलको भनाई छ । विगत ४० वर्षदेखि जिल्ला स्तरिय खेलकुद र स्थानिय स्तरको खेलकुद संचालन भएतापनि यसको संरक्षण विकास र स्तरोन्नतिमा अहिले सक्रियताका साथ युवाहरु जुटेको पौडेलले बताए ।

नवजागरण माविले २०४३ सालमा खेलाएको विरेन्द्र च्यालेन्ज प्रतियोगिताको स्मरण गर्दै अब यस क्षेत्रमा खेलकुदको बिकासका लागि सबै एकजुट हुनुपर्नेमा सचिबालय संयोजक बिन्दु काफ्लेको जोड छ ।

पत्रकार सम्मेलनमा उपस्थीत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष सेतमान पुनले प्रतियोगिताका लागि एन्फा नवलपुरले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले खेल संचालनका लागि खेल सामाग्री सहित आवश्यक प्राविधिक खटाइने जानकारी दिए ।

पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष हेमु शंकर देवकोटा, प्रचारप्रसार संयोजक मिन बाहादुर महत्तो, आयोजक समितिका सदस्यहरु, खेलाडीहरु एवं खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

प्रथम मध्यबिन्दु कप फुटबल प्रत्योगिताको उपाधि विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ त्यसैगरि सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५१५ हजार दिइने खेल संयोजक चक्रबन्धु अधिकारीले जानकारी दिए ।

संयोजक अधिकारीले उत्कृष्ट खेलाडीलाई १० हजार र सार्वधिक गोलकर्तालाई ७ हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।

यसैबिच रगंशालाको निमार्ण र खेलको लागि बिभिन्न क्षेत्रबाट सहयोग जुटनेक्रममा बढ्दै गएको आर्थीक संयोजक भिम हमालले जानकारी दिएका छन् ।

अहिले सम्म रंगशाला निर्माणका लागि झण्डै ७५ लाख रकम खर्च भएको आर्थिक संयोजक हमालले बताए । त्यसैगरि प्रथम मध्यबिन्दु कप २०७६ संचालनका लागि पनि विभिन्न क्षेत्रबाट सहयोग जुटने क्रम जारी रहेको छ ।

छिमेकी जिल्ला चितवन, पश्चिम नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुबाट टिम दर्ता हुने क्रम जारी रहेको र यहि असोज ९ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रत्योगिताको आधिकारीक मिडीया सामुदायिक रेडीयो दर्पण एफ एम ९९.२ मेगाहर्ज रहेको छ ।

प्रतिक्रिया