प्रवासी भुजेल समाज कतारद्वारा आर्थिक सहयोग

इनेप्लिज २०७६ असोज ४ गते १०:४६ मा प्रकाशित

इनेप्लिज कतार । नवलपरासी जिल्ला कावासोति कि क्यान्सर पीडित काजल बोटे(मन्जु )लाई कतारमा स्थापित जातिय संस्था प्रवासी भुजेल समाज कतारले आर्थिक सहयोग गरेको छ ।

नवलपरासी जिल्ला कावासोति नगरपालीका ८ कि काजल बोटे(मन्जु )क्यान्सर जस्तो भयानक रोगबाट भरतपुर क्यान्सर हस्पिटलमा उपचार गराई रहेको जानकारी प्राप्त भए लगातै समाजकि मानार्थ सदस्य रन्जना भट्टराईको अगुवाईमा संकलित करी १००१ (एक हजार एक कतारी रियाल) रकम उनकी बहिनी मायाँ बोटेलाई समाजले एक कार्यक्रम विच हस्तान्तरण गरेको सचिव प्रभात भुजेलले इनेप्लिजलाई जानकारी दिए ।

कतारमा २०१० मा स्थापन भएको जातिय संस्था “प्रवासी भुजेल समाज कतारले” विगतका दिनहरुमा पनि सामाजिक कार्य तथा विषेश गरि पिडीत नेपालीहरुलाई सहयोग प्रदान गर्दै सकृय रुपमा अगाडी बढीरहेको छ ।

प्रतिक्रिया