“हिमालयन भाईब्स” द्वारा “नेपाल एबिलिटि” को अर्थ संकलन कार्यक्रममा सांगितिक प्रस्तुति

इनेप्लिज २०७६ असोज ४ गते ९:३१ मा प्रकाशित

टोरोन्टो, “हिमालयन भाईब्स” हालै “नेपालएबिलिटि” संस्था द्वारा मानबिय कार्यको लागि आयोजित अर्थ संकलन कार्यक्रममा आफ्नो सांगितिक प्रस्तुति प्रस्तुत गरेको छ। कार्यक्रममा “हिमालयन भाईब्स”ले रेशम फिरिरी लगायत नेपालका बिभिन्न क्षेत्रका लोक धूनहरु मादल, धिमे, बाँसुरि, सारंगी, खैजडी, गिटारको तालमा प्रस्तुत गरेको थियो । प्रस्तुत संगीतको तालमा उपस्थित महानुभाबहरु नॄत्य गरि रमाएका थिए भने संगीतको लागि सबैले धन्यबाद दर्शाएका थिए । कार्यक्रममा हरि लम्सालले सारंगी धून प्रस्तुत गरेका थिए भने प्रदीप बाँस्कोटा, सुरज शर्मा, सम्बिदा खनाल,किशोर राजभन्डारी, उतम माकजुले साथ दिएका थिए ।

कार्यक्रममाआयोजक सस्थाका अध्यक्ष डा. नोरा क्युलेनले उपस्थित सबै दाता महानुभाबहरुलाई मानबिय कार्यको पुन्य कर्ममा सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद दिनु को साथै सो कार्यक्रमलाई नेपाली संगीतमय बनाईदिएकोमा “हिमालयन भाईब्स”परिवारलाई पनि धन्यबाद ब्यक्त गर्नु भयो।

सोहि कार्यक्रममा मानबिय कार्यमा निरन्तर संलग्नता को लागि टोरोन्टो बिस्वबिद्यालय बाट ” ह्युमानिज्म ईन मेडिसिन” पुरस्कार बाट बिभुषित “नेपाल एबिलिटि” का अध्यक्ष अध्यक्ष डा. नोरा क्युलेन लाई “हिमालयन भाईब्स”को तर्फ बाट उत्तम माकजुले सम्मान गर्नु हुन्दै डा. नोरा क्युलेन लगायत “नेपाल एबिलिटि”परिवारले नेपालका अपाङ्गहरुको उपचार तथा पुनर्बासको लागि गर्नु भएको सहयोग सराहनिय भएको बताउनु भयो ।

अर्का बक्ता एन्जी एन्ड्रोएलीले संस्थाले सन २००६ देखि चिकित्सक, थेरापिस्त, नर्सहरु समाबेस भएको २१ वटा टोलि पठाईसकेको चाँडैनै २२औं टोलि नेपाल जान लागेको बताउनु भयो। “नेपालएबिलिटि” संस्थाले नेपालको पोखरा तथा पाल्पामा शारिरीक रुपमा अपाङ्ग भएकाहरुको उपचार तथा पुनर्बासको साथै दिगोपनाको लागि स्थानिय स्वास्थ कार्यकर्ता हरुलाई तालिम पनि प्रदान गर्दै आएको छ ।

“हिमालयन भाईब्स”ले नेपालको लोक संगीतको प्रबर्द्दन र प्रशिक्षण लागायत क्यानडाको बिभिन्न शहरहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गर्दै आएको छ भने नेपालमा सहयोग गर्ने क्यानेडीयन संस्थाहरु संग संगीतिक प्रस्तुति मार्फत हातेमालो पनि गर्दै आएको छ। मानबिय कार्यको लागि यो कार्यक्रममा संगीतकै मार्फत योगदान गर्न मौका पाएको मा “हिमालयन भाईब्स”ले आयोजक संस्था “नेपालएबिलिटि” प्रति हार्दिक आभार ब्यक्त गरेको छ।

प्रतिक्रिया