क्यानडाको राजधानीमा चौथो संविधान दिवश सम्पन्न

सुरेन उप्रेती ,अटवा। २०७६ असोज ४ गते ९:२० मा प्रकाशित

सुरेन उप्रेती ,अटवा।

आज मिति २०७६ साल आश्विन ३ गते शुक्रबारका दिन क्यानडाको राजधानी अटवामा नेपालको संबिधान दिवश एबं नेपाल राष्ट्रिय दिवश एक कार्यक्रमको आयोजना गरी सम्पन्न भयो । अटवा स्थित रहेका नेपाली समुदायका प्रतिनिधीहरु र बिभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा राजदूतावासका श्री शरद पौडेलले कार्यक्रमको संचालन गर्नु भएको थियो । कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै राजदूत श्री भृगु ढुंगानाले नेपालमा बिभिन्न राजनितिक दलहरु र नेपाली जनताहरुको बलिदानी पूर्ण आन्दोलनको प्रतिफल श्वरुप प्राप्त संघिय गणतन्त्रले बिभिद अप्ठ्यारा परिस्थितिलाई पार गर्दै सन्सारकै उत्कृष्ठ मध्यको एक संविधान बनाउँन सफल भएको चौथो बर्ष हुँदैछ । यसले सबै नेपालीहरुको मनोभावनाहरुलाई समेट्न सफल भएको छ । यसलाई कार्यान्वयनका लागि बिभिन्न कानून बनाउने क्रमहरु जारीछन् । तीन तहका सरकार संचानल गर्न जनप्रतिनिधीहरु निर्वाचन भै सकेका छन् । संघिय संरचनाका पूर्वाधारहरु तयार भएका छन् । अब दिगो विकाशका लागि मुलुकले फड्को मार्ने क्रम शुरु भैसकेको छ । राष्ट्रले बिभिन्न देशमा छरिएर रहेका दक्ष जनशक्तीहरुलाई पहिचान गरी उनीहरुले आर्जन गरेको विज्ञता कौशलता र अनुभवहरुलाई मुलुकको हितका खातिर प्रयोजन गर्न ब्रेन बैङकको स्थापना गरी सकेको छ । अब तपाईहरु सबैले नेपालको उन्नति र प्रगतिका लागि लागीपर्न अनुरोध गर्दछु भन्नु भयो ।

छलफलका क्रममा भर्खरमात्र नेपाल भ्रमण गरेर आउनु भएका डा अजय विष्टले नेपालमा धेरै सकारात्मक परिवर्तनहरु भएको कुरा सुनाउनु भयो । हामी अधिकांश नेपालीहरु वातावरण मिले आफ्नो आर्जित बिज्ञतालाई लिएर नेपालनै फर्कन्छौ भन्नु भयो । त्यस्तै IDRC क्I डा भिम अधिकारीले IDRC ले राप्ति र कर्णाली बेसिनका लागि अन्तर्राष्ट्रिय लगानी कोशको कूल पाँच प्रतिशत झण्डै दश मिलियन डलर लगानी गर्ने सम्झौता भएको जानकारी गराउनु भयो । जलवायू परिवर्तन र पर्यावरण क्षेत्रमा भएको प्रदुषण रोक्न गहिरो अध्ययन गरी पहल गर्नु पर्ने कुरामा पनि श्री अधिकारीले जोड दिनु भयो । क्यानडा नेपाल सोलिडारिटी फर पिसका सुरेन उप्रेतीले नेपाल सरकारले संविधानमा उल्लेख भएको गैह्रआवाशीय नेपालीहरुलाई द्धेधनागरिकताको व्यवस्थाका लागि चाँडो भन्दा चाँडो कानूनहरु बनाइ लगानी कर्ताहरुको लगानीको ग्यारेण्टी गरी लगानी गर्ने वातावरण बनाई प्रोत्शाहन गर्नु पर्ने बताउनु भयो । नेपाल सरकारले २०२०लाई भ्रमण बर्ष मनाउन लागेकोले बिश्वभरी छरिएर रहेका लाखौ नेपालीहरुले एकनजाले दुई जना पर्यटकहरुलाई मात्र नेपाल भित्र्याउने हो भने पनि लाखौं पर्यटक भित्रिने कुरा राख्नु भयो । भर्खरैमात्र कार्लटन यूनिभर्सिटीका १५जना बिधार्थीहरु महिला आधारशिलामा स्वयंसेवा गर्न गएको कुरा जानकारी गराउनु भयो । त्यस्तै गरी अटवाका नेपालीहरुको संगठनका प्रतिनिधि डा कालीदास सुबेदीले हामी जहाँ भए पनि नेपालकै उन्नति र प्रगतिको सपना देखि रहेका हुन्छौ। नेपाली हैनौ भन्ने सुन्नु पर्दा चसक्क मुटु दुख्ने गरेको सुनाउनु भयो । श्री योगेन्द्र केसीले क्यानेडियनहरुले रिडायर्ड जीवन बिताउँन कित समुन्द्रको देश कित हिमालयको देश छनोट गर्दछन् । र क्यारेवियन मुलुकमा बशोवास गर्न जान्छन् । नेपाल हिमालहरुको देश भएको हुँनाले उनीहरुलाई आकर्षण गर्ने हो भने उनीहरु लाखौं डलर लिएर नेपाल भित्रनेछन् भन्नु भयो । यसका लागि सरकारले सरकारी स्तरबाट पहल गर्नु पर्ने कुरा राख्नु भयो । त्यस्तै गरी जुडिसियल एजुकेशनका क्षैत्रमा क्यानडाले सहयोग गर्न सक्ने कुरा नविन कुँवरले राख्नु भयो । भारत सरकारले एनआरआइलाई द्वेध नागरिकता प्रदान गरेर लगानी भित्र्याउन शुरु गरे पछी बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्था र लगानीकर्ता कम्पनीहरु स्वत आकर्षित भएको उदाहरण दिंदै जगन्नाथ ओझाले गैह्रआवाशीय नेपालीलाई आकर्षित गर्नु पर्ने मन्तव्य राख्नु भयो ।

कार्यक्रममा गैह्रआवाशीय नेपाली संघका अटवा प्रतिनिधि सन्तोष बरालले सरकारले धेरै राम्रा कामहरुको शुरुवात गरेको र प्रगतिका लागि आशावादी हुनु पर्ने कुरा राख्नु भयो । अर्का बक्ता बिष्णु कार्कीले सरकारले कार्यान्वयन पक्षमा पनि ध्यान दिनु पर्ने कुरा राख्नु भयो । त्यस्तै अन्य वक्ताहरुमा बैकुण्ठ पौडेल शालिग्राम अर्याल डा योगेन्द्र भट्टराई डा गोविन्द दाहाल निरु श्रेष्ठआदिले आ आफ्नो भनाई र शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा राजदूत ढुङ्गानाले सबैका प्रश्नहरुको उत्तर दिंदै सबै मिलेर नेपालमा पर्यटक भित्र्याउन र नेपालको हितहुने कार्यमा लागि पर्न अनुरोध गर्नु भयो । राजदूतावासले स्थानिय संघ सस्थाहरु सँग सहकार्य र सहयोगहरु जारी राख्ने कुरा जानकारी गराउनु भयो । कार्यक्रममा श्रीमती संगीता ढुंगानाको पनि सहभागिता थियो । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्था गरिएको थियो । कार्यक्रकम ४०८ क्विइन्स स्ट्रिट अटवा स्थित नेपाली राजदूतावासको सभाकक्षमा भएको थियो ।

 

प्रतिक्रिया