मानसिक रोग संक्रमित समाज

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ असोज ३ गते २१:२५ मा प्रकाशित

“एकादेशमा एउटा किसान रहेछ, उ हरेक दिन अर्को पाउरोटीवालालाई नौनी बेच्दोरहेछ। एकदिन पाउरोटीवालालाई आफु दिनप्रतिदिन ठगिएको महशुस भएछ र उसले किसानलाई ठगीको मुद्दा हालेछ। दुवैलाई अदालतमा हाजिर गराएपछि न्यायमुर्तिले किसानलाई सोधेछन,” तिमी माथी ठगीको मुद्दा लागेको छ, यो अदालतलाई सत्य कुरा बताऊ, तिमी आफ्नो नौनीको तौल कसरी मापन गर्छौ?”

किसानले बिनम्र जवाफ फर्काएछ, “श्रीमान! मसंग तौल मापन गर्ने अरु कुनै यन्त्र त छैन तर पाउरोटीवालासंग भएको मेरो सम्झौताअनुसार, मैले पाउरोटीवालालाई हरेक दिन उनले मलाई बेच्ने गरेको पाउरोटी तौलले नौनी मापन गरी बेच्ने गरेको छु।”

यो जवाफले न्यायमुर्ति आफै अवाक भएछन।”

हाल देखिएको सभ्य समाजको स्थिती पनि बिल्कुल यही परिवेश जस्तै छ। हरेक व्यक्ति आफुलाई यही पाउरोटीवाला सम्झिन्छन र आफ्ना वरपरकालाई किसान। सधै अर्कालाई दोषी र खराब देखाउने होडमा ठुला अपराध गर्न समेत पछि पर्दैनन्। समाज हरेक दिन संक्रमित हुदैगइरहेको छ। अरुलाई दोषारोपण गर्ने, होच्याउने अनि कुरा काटेर प्रगतिमा बाधा पुर्याउने प्रवृती प्राय दक्षिण एसियाली मुलुकहरुमा व्याप्त छ। यो रोग क्यान्सर भन्दा पनि भयानक रुपमा फैलिनुले आगामी पुस्ता अझै हिंसात्मक नहोला भन्नेमा कुनै शंका छैन किनकी एउटा बच्चाले विध्दालयमा जति समय बिताउछ, त्यो भन्दा बढी समय परिवारसंग बिताउछ र विध्यालयमा सिक्ने शिक्षाभन्दा तीनगुणा बढी शिक्षा परिवारबाट आर्जन गर्छ।

व्यक्तिव्यक्ति बीचमा रहेको तछाडमछाडको प्रवृतीले धेरै व्यक्तिहरु मानसिक रोगका शिकार भएता पनि आफुलाई मानसिक रोगी मान्न धेरै तयार हुदैनन्।संसारमा करीब दुइवटा मानसिक रोगका प्रकार छन। चरम ईर्ष्यालु स्वभाव पनि मानसिक रोगकै एक प्रकार हो।

Paranoid Personality Disorder(ppd) पनि एक भयानक मानसिक रोग हो, जसको प्रमुख लक्षण भनेको रोगीले विना कुनै कारण अरुलाई शंका गर्छ जसका कारण अरुको कुरा काट्ने, अरुको प्रगतिको डाह गर्ने र अरुलाई विना कारण दोषापरोण गरेर सामाजिक प्रतिष्ठामा आंच आउने काम गर्न समेत पछि पर्दैन र यो रोगको उपचार मुख्यत मनोचिकित्सा नै हो। बेलैमा मनोचिकित्सकको सहायता लिएमा यो रोग अरु रोग जस्तै विषेक हुन्छ। Paranoid Personality Disorder(ppd) पहिचान वा लक्षण आफुले गर्ने क्रियाकलापकै आधारमा आफै वा परिवारका सदस्यले समेत पहिचान गर्न सक्छन।

आफुलाई र परिवारलाई लागेको Paranoid Personality Disorder को तुरुन्त उपचार गरी भावी सन्ततीलाई समेत यो रोगबाट बचाउदा समाजमा समेत शान्ति छाउनेछ।

It’s up to you today to start making healthy choices. Not choices that are just healthy for your body, but healthy for your mind.

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया