संघिय लोकतान्त्रिक संविधानलाई रक्षा गरौं

मोहन कार्कि क्षेत्री २०७६ असोज ३ गते १५:३८ मा प्रकाशित

मोहन कार्कि क्षेत्री, कतार ।

मुख्यत यतिबेला देशमा राजनैतिक चर्चा र परीचर्चा, घटना र परिघट्नाहरु बग्रेल्ती रुपमा सामाजिक संजालमा असन्तुष्टिहरु पोख्ने गरेको हामिले अध्यन तथा युट्युबमा भिडियहरु हेर्ने गर्दछौ ।

देश हाम्रै हो , देशको राज नेताहरुले देश कसरी चलाएको छ भन्ने कुरामा हामी अनभिज्ञ छैनौँ र अहिले आम जनताहरु पनि अशिक्षित छैनौ,सबै शिक्षित छन । खास गरीकन विश्व , प्रबिधी र सुचनाको युगमा दौडिरहेको छ ।

प्रबिधी र सुचनाको पहुच भनेको निम्नबर्गको जनताहरुको पहुचमा हुदै्ँन । यो एक प्रकारको संक्रमण कालिन पूँजीवादी युग हो । यतिबेला हामी आम जनताहरु प्रबिधी संग रमाईरहेका हुन्छौं ।

तात्कालिन रुपमा समय बिताउन मनको हरेक बितृष्णाहरु सामाजिक संजालमा छताछुल्ल पोखिरहेका हुन्छौँ तर त्यसको दिर्घकालिन असर के हो भन्ने बारेमा हामिले सोचेका हुदैनौ ।हामी कहिले युट्युब हेरेर स्टाटस लेख्छौ त कहिले फेसबुक हेरेर अरुको नक्कल गरेर पोष्ट गर्ने गर्दछौं गणतन्त्र देशमा स्वतन्त्रताको नग्न प्रदर्शन पनि हो भन्न फरक नपर्ला, यो एक एक प्रकारको नशा जस्तै पनि हो ।

हामी सचेत नागरीकहरुले बिगतलाई अध्यन गरौं र अहिलेको बर्तमान परीस्थितीलाई समीक्षा गरौं र गर्नै पर्छ । राणा शासन , निरंकुश राजतन्त्र , पंचायती ब्यबस्था , बहुदलिय ब्यवस्था र संघिय लोकतान्त्रीक गणतन्त्रात्मक ब्यवस्थाको बारेमा समीक्षा गरौं । यदी हामिले अध्यन, संवाद र समीक्षा गरेनौं भने हामी देशको नागरीक हुनुमा गर्व गर्नु पर्ने र जंगलमा एउटा स्याल करायो भने त्यसपछी सबै स्याल कराउने गर्दछ त्यसरी कराई रहने थिती अझै निकै काल खण्ड समयसम्म कायम नै रहि रहने छ ।

हामिले आफ्नो स्वतन्त्रता र अधिकारको निम्ति गर्वका साथ लडाई लड्यौं । चाहे त्यो शसस्त्र होस या निशस्त्र रुपमा,हामिले कुनै न कुनै मोर्चामा त्यो व्यबस्था परीबर्तनको खातिर संघर्षका मोर्चामा खडा भयौं । एउटै थालमा खाना खाएको साथी ढलेको लासलाई बम वा गोलिले उसको शरीर क्षत–बिक्षात नहोस भन्दै साहसीका साथ आफ्नो छातीमा गोलि लागे पनि लागोस भन्दै ढलेको साथिको बगेको रगत अनि लास माथी टेकेर निरंकुश तन्त्रको बिरुद्धमा जनतालाई संगठित बनाउदै युद्धको मैदानमा फायर खोल्ने बितिकै बिजयको गगनभेदी नाराहरु घन्काउदै मोर्चा कसेको ती दिनहरु अझै ताजै छ ।

राज्य संग असहमती छ सबै जनताको मन बुझाउन राज्य अहिलेनै सक्षम छैन तर गणतन्त्र देशको सरकार हिजोको निरंकुशतन्त्र जस्तो कठोर र निर्दयी हुनु हुदैन ।

खासगरीकन हिजो जनतालाई बाडेको बचनमा प्रतिबद्धता छ कि छैन ? हामिलाई हिजो स्कुलिङ गरेको मुताबिक संघिय गणतन्त्रको संस्थापक नेता तथा सरकारले आफ्नो वचन पूरा गर्यो या गरेन ? भन्ने चिज नै हाम्रो निम्ती मुख्य बिषय हो । धेरै अध्यन र अनुसन्धान हामिले गर्नुछ ।

नेपाली जनताको शैक्षिक स्तर हेर्ने हो भने बिगतको तुलनामा आम युवाहरु शिक्षित छन तर अचम्म लाग्छ शैक्षिक चेतना भएका युवाहरुको चेतना र अनुशासन स्तर हेर्ने हो भने अशिक्षित जस्तै छ । अरुको व्यक्तिगत चरीत्र हत्या गर्ने ,अरुलाई दुर्व्यवहार गर्दा आफुले लिएको शिक्षाको कदर भएको सम्झिने प्रवृत्ति को उपज अब हामिले त्याग्नै पर्छ ।

संघिय लोकतान्त्रीक गणतन्त्र व्यवस्था देशमा आए पश्च्यायत आम नेपाली नागरीकहरुले स्वतन्त्रता प्राप्त भएको छ । हामी बिगत हाम्रा पुर्खाले भोगेको ईतिहास तिर फर्कौं । ईतिहासलाई सम्झेर बर्तमान परीस्थितिको समीक्षा गरौं । निरंकुशतन्त्रहरुको अन्त्य गर्न , खुशिका साथ छातिमा गोलि थाप्न हानथाप गर्ने ती महान सहिदहरुको बिरताको गाथालाई अध्यन गरौ ।

हामिले यो स्वतन्त्रता त्यतिकै पाईएको हैनौ । स्वतन्त्रता भनेको के हो ? अरुको ब्यक्तिगत चरीत्र हत्या गर्ने ? समाजमा आफ्नो मनोमानी गर्दै हिड्ने ? समाजलाई बिसंगती र बिकृतिमा जवरजस्ती धकेल्ने ? यो स्वतन्त्रता हैन । अर्को कुरा अधिकार र अभियानको बारेमा चर्को स्वरमा ठुलठुला भाषण गर्दैमा अधिकार प्राप्त हुने हैन ।

अराजकता फैलाउन पनि कसैलाई छुट हुदैन । अहिले देश राजनैतिक रुपमा संक्रमणकालिन अवस्थामा छ । संघिय लोकतान्त्रिक गणतन्त्रको नारा हामि सबैले ०६२/०६३ सालको शान्तिपुर्ण आन्दोलनमा लगाएको हो ? यदी हो भने यो निशस्त्र आन्दोलनमा आन्दोलित हुदा तात्कालिन राज्यसताले गरेको दमनको बिरुद्ध हामी एकजुट थिएनौ र ? अझ फराकिलो तवरले आकाश माथी चील झैं उडेर हेर्ने हो भने उक्त गणतन्त्रको गगनभेदी नारा लगाउदै जनयुद्धमा लडेका पार्टीको सक्रीयतामा नै हामिले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका हौं ।

प्रधान जनयुद्ध , साहायक जन आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाको निम्ति हामी गणतन्त्रबादी युवाहरु एक ढिक्का हुनु अनिवार्य आबश्यकता हो । संबिधान निर्माण गर्ने बिषयमा केहि त्रुटिहरु होलान। हामी ब्यक्ति आफैले काम गर्दै जादा पनि हरेक कमि कमजोरीहरु हुन्छन ।

आन्दोलनका क्रममा नेताहरुले ब्यक्त गरीएका बिचारहरु सबै लागू हुन सकेन होलान तर पनि मुलभुत रुपमा नेपाली जनताको आकांक्षाहरु समेट्न सर्वप्रथम नया संबिधानले कानुन निर्माण गरीदैछ । बिना कानुन देश चलाउन सकिँदैन हामिले बुझ्नु पर्ने महत्वपूर्ण बिषय यहि हुन ।

हामी जनताहरु बिकाश नै भएन भनेर कुर्लनु त्यति ठिक हैन । हामी सामाजिक प्राणी हौ हामी समाजमा बस्छौ । सामाजिक कार्य गर्नको लागि “विधि र बिधान “ निर्देशन समिती उप–समितीहरु चाहिन्छ अनि मात्र सामजिक कार्य गर्न सकिन्छ ।

त्यस्तै नेपालको संविधान लागू गर्न कानुनको आबश्यकता पर्दछ । अहिले कतिपय नेपाली नागरीकहरु भ्रष्टचार बिरोधी अभियानमा संलग्न देखिन्छ । मलाई जहाँ सम्म लाग्छ उहा अराजक ढंगले मिडियामा उत्रीरहेको छ यो सह्यै छैन । ठिक पनि हैन भन्ने मलाई लाग्छ यो एक प्रकारको अराजकता हो या पर्दा पछाडीबाट उसलाई संचालन गर्दैछ ।

अन्त्यमा देश तथा बिदेशमा बस्ने नेपाली युवा नागरीकहरुलाई संविधान दिवसको शुभकामना ब्यक्त गर्दछु ।

लेखक मोहन कार्कि क्षेत्री प्रवासी नेपाली एकता मन्च कतारका प्रस्तावित सचिव हुन ।

प्रतिक्रिया