मनिषको भिडियोमा बिपिन कार्की ( भिडियो )

इनेप्लिज २०७६ असोज २ गते ११:२२ मा प्रकाशित

” परदेशी नभन ” ,” तिलहरी ” लगायत अन्य थुप्रै चर्चित र पृथक गीत संगीत सोर्ता दर्शक माझ प्रस्तुत गरिसकेका प्रतिभाशाली गायक मनिष ढकाल ले आफ्नो बिल्कुलै नयाँ गीत ” बटौली ” लिएर आएका छन ।

बटौली अर्थात बुटवल, तिनाँउ किनारको एउटा गाउँको कथा जसमा बालविवाह देखि १४ वर्ष पश्चात पुनर्मिलनको कथालाई समेटेर यो गीत र भिडियो निर्माण भएको हो । अर्ग्यानिक टेस्टको यस गीतमा स्वर मनिष ढकालको रहेको छ भने गीतका शब्द हर्क साउदले लेखेका हुन । गीतमा संगीत एस. डी योगीको रहेको छ । गीतको संगीत संयोजन भने रिकेश गुरुङले गरेका हुन ।

सिनेमेट्रोग्राफिक एफेक्टहरु केहि पनि नहालीकन बनाइएको यो भिडियोमा बिपिन कार्की , अनु काफ्ले , सुमन मगर , मनांग लावती , मनिष ढकाल , हर्क साउद , साजन सुबेदी र अन्य कलाकारको जिवन्त अभिनय देख्न सकिन्छ ।

नेपाली गाँउघरका जीवनशैलीलाई टपक्क टिपेर गीतमा कथा बनाएर ढाल्न खप्पीस नविन चौहानको निर्देशनमा बनेको यस गीतको भिडियोमा यस्ता केहि कुरा छ जुन अधिकांश नेपाली गीतका भिडियोहरुमा देख्न पाइदैन । बबिन दुलालले छायांकन गरेको भिडियोलाई सुनिल पौडेलले सम्पादन गरेका हुन । आर्टमाण्डु नेपालले निर्माण गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रतिक्रिया