नेपालमा भारतीय प्रभाब र दबाब ।

बिरकाजी बस्नेत २०७६ असोज २ गते १:२६ मा प्रकाशित

बिरकाजी बस्नेत,

नेपालका हरेक राजनीतिक परिवर्तन देखी सामान्य राष्ट्रिय जिबनका दैनिकिमा समेत भारतीय प्रभाब रही आएको छ । राणा शासनको समयमा जतिबेला ब्रिटिशले भारत छोडेर जांदै गर्दा नेपाललाई आफ्नो सुगौली सन्धिमा गुमेको भुभाग फिर्ता लिन भनेको थियो तर राणा हरुले आफ्नो परिवारिक शासनको निरन्तरतामा असर पर्ने ठान्दै र तत्कालिन भारतीय सासकको दबाबमा उक्त भुमी फिर्ता लिने अबसर गुमायो । अझै पनि नेपाल सँग उक्त कुरा फिर्ता लिने कानुनी आधार भए पनि केही सिमित ब्यक्ती र संस्थाले झिनो आवाज उठाइ रहेको भए पनि राजनीतिक तह बाट उक्त दाबी नेपालले प्रस्तुत गर्ने संभावना नै छैन । बिभिन्न समयमा आसाम ,मेघालय र अन्य स्थानमा रहेका नेपाली भाषी समुदायलाई या त नागरिकता बिहिन यहाँ बस्ती बाट लखेट्ने काम गर्ने गरेको छ । यती सम्मकी भुटानमा रहेका नेपाली भाषी भुटानिहरु जसले भुटानलाई मकै भुटेर खानु पर्छ भनेर सिकाए उनिहरुलाई भुटानले भारतकै दबाबमा खेद्ने काम गर्‍यो । यसमा नेपालले भारतको सहयोग मागेर समाधान गर्न खोज्दा कहिले तयार भएन । २००७ सालमा आएको नेपालको राजनीतिक परिवर्तनमा भारतको प्रभाब रहेको थियो र त्यो समय देखी उसले नेपाल सँग रक्षा ,पररास्ट्र र नेपालका प्राकृतिक स्रोतहरु आफ्नो छाता भित्र राख्ने दबाब राख्दै आएको छ ।

०४६ सालको परिवर्तन रोक्न तत्कालिन राजा बिरेन्द्र सँग पन्चायती शासनको निरन्तरताको लागि यिनै माग हरु राखेको थियो र ६२\६३ सालको परिवर्तनमा पनि यिनै माग राजा ज्ञानेन्द्र सँग पनि राखेको थियो । ४६ मा भारतीय नेताहरु आएर चाक्शिवरिमा भाषण गरी सिधै हस्तछेप गरेका थिए भने ६२\६३ मा भने त्यहाको खुपिया एजेन्सी ले भूमिका खेलेको थियो जुन अझ बढी आपतिजनक हुन्थ्यो । राजा महेन्द्रले २६ सालमा कोदारी राजमार्ग खोलेको कारण ,बिरेन्द्रले राखेको शान्ति क्षेत्र को प्रस्ताब कहिले स्विकार नगर्नु ,बिरेन्द्रको जिल्ला भ्रमणको समय र कार्यक्रममा लडाकु बिमान उडाएर हल्ला सहित अबरोध गरी रहेकाले नेपालले चाइना सँग एण्टी एयर क्राफ्ट मिसाइल किनेको थियो र त्यसैलाई कारण बनाएर ब्यापार र पारबाहान संझौता नबिकरण नगरि पूर्ण रुपले नाकाबन्दी लगायो भने ७२ को संबिधानमा आफ्ना एजेण्डा नपरेको भन्दै मधेस केन्द्रित दलको कांधमा चढेर नाकाबन्दी लगाउने काम गर्‍यो । भुकम्पले थला परेको नेपाललाई औषधी सम्म आयत हुन नदिइ नाकाबन्दी लगायो । यसलाई मधेसी दलले आफ्नो स्वामित्व लिन खोजे पनि र नेपालका राजनीतिक दलहरुले नाकाबन्दी सम्म भन्न नसकी सिमाको गडबढी भने पनि यही कुरा नाकाबन्दी हो भनी स्वयम भारतीय सदनमा बहस भयो भने स्वयम मोदिले लण्डनमा त्यहाका प्रधानमन्त्री सँग संयुक्त विज्ञप्ती जारी गरी संबिधानमा खोट देखाए भने त्यही कुरा यि यु को कार्यालय ब्रसेल्समा पनि गर्न पुगे । उता यु एनमा नेपालका उपप्रधान मन्त्री लाई महासचिव ले यस् बारेमा के भएको भन्दा जबाफ दिन सकेनन । नेपालका राजनीतिमा कस्तो सम्म लाचारी पन छ भने भारत सँग नेपालको हितमा कुरा उठायो भने या त आफ्नो राजनीतिक वा भौतिक जिबन नै समाप्त होला ।

भारत सँग सम्झौता कै कारण गण्डकी र कोशी नेपालीका लागि सुक्न पुगे भने टनकपुर सम्झौता लाई सम्झ्दारी भनेर तत्कालिन प्र म गिरिजाले नेपालीलाई झुट्टो बोली रहे । पछी अदालतले सही कुरा फैसला गरिदियो । जो नेता यो सुधार्न चाहन्थे अल्पायु पाए भने यस् पछी महाकाली सन्धी मार्फत भारतले फुल प्याकेज नै प्राप्त गरी उपभोग गरी रहेको छ । ९९ सय बर्षका लागि भनेर गरेको कोशी सम्झौता सोल्टी होटलमा पार्टी खांदै हस्ताक्ष्यर गर्ने बेला सम्म १ थपी १९९ बर्ष बनाउने कपट भारतले गर्‍यो । नेपालका लागि नदी सुक्ने र लुम्बिनी लुक्ने कुरामा भारत अझै पनि सकृय भएर लागि रहेको छ । हिजो एकातिर नेपालको माओवादी युद्ध लाई आतंककारी घोषणा बाहिरी देखाइ र खपतका लागि गर्‍यो भने करिब ८ बर्ष सम्म आफ्नै भुमिमा सेल्टर दिएर नेपाललाई बेकुप बनायो । पंचायतले बिभिदिकरण गरेर ४६% झारेको आयत ब्यापारलाई अहिले करिब ९५ % पुर्याएको छ । नेपालको बिप्रेसणको ९०% भारत नै जाने गरेको छ । सिमामा समानान्तर बाध निर्माण गरी नेपालका नदी खोलाको प्राकृतिक बहाब रोकी बर्सेनी डुबानमा घर बस्ती र खेती पार्ने गरेको छ । प्रत्येक राजनितिक परिवर्तन सँग नेपालका तिन वटा समस्या देखिने गरेका छन । पहिलो हो नागरिकताको कृतिम समस्या ,दोस्रो हरियो बन नेपालको धनको बिनास र तेस्रो केही वास्तविक र केही बनिबनाउ भुमी समन्धी सुकुम्बासी समस्या ।

सिमा रक्षा गर्न खोज्दा तिलाठिमा देब यादब हरुले यातना र कंचनपुरमा गोबिन्द गौतम हरुले ज्यान गुमाउदा समेत राज्य संयन्त्र निरिह छ । एक जना नेता मन्त्री हुँदा फास्ट ट्रयाक  भारतलाई दिन कन्धनी कसेर लागेका थिए । एक जना कतार पुगेर भारतले नेपाललाई नाकाबन्दी नलगाएको भन्दै हप्काउथे र इण्डियन च्यालन बहिस्कार गरौ भन्दा कारबाही गर्ने धम्की दिन्थे । महाकाली सन्धी गर्दा बिजुलिको छेलो खेलो हुने र पश्चिम बाट सुर्य उदाउने स्वैर कल्पनामा जनता भुलाउने बर्तमानका केही नेता नै थिए ।

आफ्नो जिबन बिर्तिको बिलासिता ,सहर बजारमा घर बासको जोहो ,छोराछोरिको उज्जवल भबिस्यको लागि निसुल्क छात्रवृतिको लोभमा राजनीतिग्य र उच्च प्रशासनले जसरी राज्यका सुचना र श्रोत बेची रहेका छन त्यो भनेको सर्पको मुखमा आधा परीसकेको भ्यागुताले आफ्नो लागि आहारा टिपेर खाए भन्दा खास के पो फरक हो र ? भु पु सैनिकलाई पेन्सन बाड्ने निहुमा जमाउने अड्डा र ५ करोड सम्मका आयोजना नेपाल सरकार सँग नसोधीनै जथाभाबी गर्न सक्ने छुट पनि दिएकै छ । लाहानमा एक मधेसी मुलको ब्यक्तिले नै अर्को मधेसिको हत्या गरेको आरोपमा राज्य बिरुद्ध मधेसले गरेको बिद्रोह र त्यहाको सद्भाब र जानसांखियिक बनोट्मा ल्याएको फेरबदल र सिमा र नागरिकताको सरलिकरणले नेपालीहरुमा नै महेन्द्रिय राष्ट्रबाद र महेन्द्र चौधरिय राष्ट्रबाद्मा सामाजिक तहमा छुट्याउने काम भएको छ । १२ सालमा बिदेसी बुट्ले टेकेको कालापानी नेपालीले ५० साल तिर जानकारी पाए जस्तै उनान्सय डिग्री तापमा पुगेको पानी सय डिग्रिमा पुगिसके पछी सत्ताको ताला चाबी अन्तै सरेछ भनेर नेपालीले थाहा पाउदा सम्म हात पोलेर नकाटी नहुने अवस्था सम्म पुगिसकेको हुनेछ । चेतना भया ।

प्रतिक्रिया