ईटहरी/ नेपाली संगीत आकाशको गायन बिधामा अन्तराष्ट्रिय फ्रेन्चाईज शो भित्रिएपछि संगीतमा नया छलाङ मारेको बुझ्न सकिन्छ । नया प्रतिभालाई मात्र हैन गायिकीमा भिजिरहेकाहरुको लागि पनि गायन कला प्रदर्शन गर्ने एउटा गतिलो प्लेटफर्म भएको छ । यस्तैमा पर्छन गायक ‘बल बहादुर राजबंशी’ । उनले हाल प्रसारण भैरहेको द भ्वाइस अफ नेपालमा गायन कला प्रस्तुत गरेपछी आफ्नो उचाईलाई झनै चर्चामा ल्याएका छन । झापा स्थायी घर भएका उनले केही राजबंशी गीतहरू गाईसकेका छन ।
यता उनले भ्वाइस अफ नेपालमा कोच दिप श्रेष्ठकै गीत गाएपछी बलबहादुरको चर्चा बिस्तारै चुलिदै छ । “यो प्रतिष्पर्धामा जानू भयो ? भन्ने प्रश्नमा उनी भन्छन् “म नेपाली संगीत उधोगको सिकारु हु, र द भ्वाइस अफ नेपाल भनेको गायनमा बिश्व प्रसिद्ध प्लेटफर्मको एउटा राम्रो अंश हो, त्यसैले मैले यसको एउटा पाटो बन्ने कोसिस गरेको हु, अब सफलता कत्ती मिल्छ त्यो हेर्न बाकी छ ।” हेर्नुस् उनले भ्वाइस अफ नेपालमा गाएको गितको भिडियो ।
उनले गाएको दिप श्रेष्ठको ‘हु यात्री’ गीत मन पराएर ४ कोच मध्ये २ कोचले आफ्नो कुर्सी टर्न गरेका थिए भने २ कोचले कुर्सी टर्न गरेनन । तर उनका लागि २ कोच फर्किनु पनि सहि नै देखियो । बलबहादुरको गायिकी र आफ्नै गितलाई न्याए दिएको महसुस भएरै दिप फर्किएका हुन भने प्रमोदले पनि “भ्वाइसको यो स्टेजमा, यो राउन्डमा दिल खोलेर मलाई कसैले गाईदियो भने म कपाल खोल्छु भन्दै थिए, आज मन नै जित्नु भयो” भन्दै प्रसंशा गरेका थिए । प्रमोद खरेलको जस्तै कपाल भएका उनले कोच प्रमोदलाई नै छानेका थिए । यस्तै बाकी कुर्सी टर्न नगरेका २ कोचले पनि उनको प्रसंशा गरेका थिए ।
प्रतिक्रिया