मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १५:२७
वासिङटन डिसी 05:42

नासाको बैठक एट्लान्टामा सम्पन्न ,केही महत्वपूर्ण निर्णय

इनेप्लिज २०७६ भदौ ३१ गते १:०७ मा प्रकाशित

नासाको वर्तमान कार्यकारी समितिको दोस्रो बैठक एट्लान्टामा सम्पन्न भएको छ । पहिलो बैठक सम्मेलन केन्द्रमा नै भएको थियो । आफ्नो कार्यकालको सुरुवात एट्लान्टाबाट नै सुरु गरेको नव निर्वाचित अध्यक्ष बिनय अर्यालले बताए ।

सन् १९९१ मा एट्लान्टाबाट नै नासाको सुरुवात भएको थियो । बैठकमा नासाका सस्थापक अध्यक्ष लगाएत पूर्व सभापतिहरुको उपस्थिति रहेको थियो । केहि समय आगाडी मिजौरीमा भएको घटनामा दिबंगत भएका श्रद्धा ओझा लगाएतको सम्झनामा एक मिनेट मौन धारण गरि सुरु भएको बैठकमा घाइतेको स्वास्थ्य लाभको कामना सहित एक शोक प्रस्ताब पनि पारित गरिएको थियो ।

बैठकको सुरुमा २८ बर्ष अघि यहीबाट सुरु भएको नासाको अबको भूमिका अबको दिनमा कस्तो रहने भन्ने कुराको सुझाब ,सल्लाह लिन संस्थापक अध्यक्ष सहित पूर्व अध्यक्षहरुको रोहबरमा आफु आएको बताउदै नासाले क्षेत्रीय सस्थाको रुपमा पूर्णरुपमा क्रियाशिल बनाउन आफ्नो नेतृत्वको समिति लाग्ने बताउदै बैठकमा आउने सबैलाई अध्यक्ष अर्यालले स्वागत गरेको थिए ।

बैठकमा शपथ खान बाकी रहेका सदस्यहरुलाई निर्बाचन प्रमुख ज्ञानेन्द्र गदालले शपथ खुवाएका थिए । सबै निर्बाचित नया समितिको परिचयबाट सुरु भएको थियो । सपथ पछि शुभकामना दिदै गदालले भोलिका दिनमा पनि आफु नासाका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।

अर्का निर्बाचन आयुक्त माधव मैनाली र बासु फुलाराले पनि शुभ कामना दिदै नया समितिलाई सफलताको शुभकामना दिएका थिए । त्यस लगत्तै अध्यक्ष विनय अर्यालले निर्बाचन समितिलाई धन्यबाद दिदै निर्बाचन समिति भंग भएको घोसणा गरेका थिए । निर्बाचित समितिको परिचयबाट सुरु भएको बैठकमा सबै पूर्व अध्यक्षहरुले पनि शुभकामना दिएका थिए ।

सबै पूर्व अध्यक्षहरुले नासाले आफ्नो क्षेत्र भित्र प्रभावकारी कार्यक्रमहरु तय गरि संचालन गर्नु पर्ने कुरामा जोड दिएका थिए । सो बैठकमा संस्थापक अध्यक्ष डा विश्व आचार्य ,पूर्व अध्यक्ष प्रकाश मल्ल,पूर्व अध्यक्ष टेक थापा ,पूर्व अध्यक्ष राजा घले ,पूर्व अध्यक्ष डा संजिव सापकोटा तथा डा राम चन्द्र बरालको सहभागिता रहेको थियो ।

सो बैठकमा नेपाल सरकारले गर्न लागेको भ्रमण बर्ष २०२० को कार्यक्रमलाई सफल बनाउन नासाले पनि आफ्नो क्षेत्र भित्र विभिन्न सरकारी तथा अन्य गैर सरकारी संस्थाहरुसंग मिलेर कार्यक्रमहरु संचानल गर्ने पनि निर्णय गरेको छ ।

साथै नासा क्षेत्र भित्र विभिन्न राज्यमा रहेका स्थानीय नेपाली संस्थाहरुसंग दिर्घकालिन सम्बन्ध स्थापना गरि कार्यन्वयन गर्न कार्यविधि बनाई अगाडी बढने समेत निर्णय गरेको जानकारी महा सचिव कृष्ण श्रेष्ठले दिएका छन् ।

नासालाई आफ्नो कार्यक्रम सहित विभिन्न राज्यमा पुग्ने कार्यक्रम अन्तर्गत सुरुको बैठक एटलान्टा बाट सुरु गरिएको जानकारी अध्यक्ष बिनय अर्यालले बताए । बैठकको अन्त्यमा उपस्थित सबैलाई धन्यबाद दिदै बैठकको आयोजना गर्न संयोजन गर्नु हुने नेपाली सांस्कृतिक केन्द्र एटलान्टाका अध्यक्ष डा प्रल्हाद पन्त ,नागका अध्यक्ष कुमार केसी लगायतलाई कार्यकारी उपाध्यक्ष अम्बिका लोहनीले धन्यबाद ज्ञापन दिएकी थिइन् ।

प्रतिक्रिया