मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १५:००
वासिङटन डिसी 05:15

तामांग समाज नर्थ अमेरिकाको दोस्रो सम्मेलन सम्पन्न

इनेप्लिज २०७६ भदौ ३० गते २२:५६ मा प्रकाशित

गत सेप्टेम्बर १४ र १५, २०१९ वासिंगटन डिसी महानगर क्षेत्र फेरफ्याक्स काउन्टी को एक रेस्टुरेन्टमा तामांग समाज नर्थ अमेरिकाको दोस्रो सम्मेलन सम्पन्न  भएको छ ।

टाशी ज्ञापा मन्त्र अथवा अस्टमंगलका पबित्र शुभकामना मंत्र बाचन गरेर उदघाटन भएको समाजका वर्तमान अध्यक्ष लाक्यन लामा रुम्बाको अध्यक्षमा बसेको बृहत समेलनले बिधान संसोधन र तामांग समाजमा रहेको बिद्यमान समस्याहरुलाई कसरि निम्न गरि समाधान गर्ने बिषयहरुमा छलफल गरि निर्क्योलमा पुर्याएर पुराएर सफलतापूर्वक समाप्त भएको छ ।

उक्त सम्मेलन टिएसएनए कि महासचिब श्रीमती डोल्मो घिसिङ्ग तामाङ्गले मास्टर अफ सेरमोनीको जिम्मेवार लिएकी थिइन् | अमेरिकाको बिभिन्न राज्यहरुबाट एक प्रधिनिधिहरु र तामांग समाजका अध्यक्षहरु ,कलाकारहरु र पत्रकारहरुको समेत उपस्थित थियो ।

मुख्य अतिथिहरु, नेपाल जनजाती महासंघका अध्यक्ष मान बहादुर राना मगर, एनआरएन एनसिसि युएसए का उपाध्यक्ष बाबु राम लामा, मुख्य संयोजक तथा तामांग सोसाइटी ग्रेटर वाशिंगटनका बर्तमान अध्यक्ष उत्तर लामा दोङ्ग तामांग, र पूर्व अध्यक्षहरु,तथा बर्तमान तामांग समाजका बर्तमान अध्यक्षहरु क्रमस सुबास लामा तामांग, भारत लामा तामांग, शेर तामांग थोकरहरुले बिभिन् बन्द सत्रमा आफ्नो मन्तब्य सुझाबहरु दिएका थिए ।

त्यही क्रममा, डा श्याम लामा बल, इन्जिनीयए नेत्र घिसिंग,साहित्यकार तथा उक्त समाजका सल्लाकार डिग तामांग, बाबुराम लामा, सुबास तामांग, भारत लामा, लोक लामा गोले, फुर्बा घिसिंग ,सुर्य तामांग, ज्योति तथा सन्तोष घिसिङ्ग, फौद लामा, गोमा गुरुङ लामा, कलाकार सन्जोक लामा योञ्जन तथा अन्य वक्ताहरुले आ-आफ्ना मन्तब्य ब्यक्त गरेका थिए ।

दोस्रा दिन समाजका बिधान संसोधन भए पछी,कर्तल ध्वनिका साथ पारित भएको थियो । यसरी सौहार्दपूर्ण वातावरणमा समाप्त भएको थियो । साँझ उक्त कार्यक्रम विभिन्न राज्यहरुबाट आएका प्रधिनिहरुको सम्मानमा श्री तथा श्रीमती नेत्र घिसिङ्ग तथा उनका छोरा बुहारीहरुले आफ्नो निवासमा आयोजना गरेको रात्रीभोजमा कलाकारहरुबाट स्वादिस्ट भोजन साथ सांस्कृतिक झलक दिने खालका तामांग सेलो गीतहरु प्रस्तुत गरेर रमाइलो मनाएका थिए ।

उक्त ऐतिहासिक तामांग समाज सम्मेलन अविस्मरणीय वातावरणमा समाप्त भएको थियो ।

तस्बिर सौजन्यता : निमा पाख्रिन तामांग

प्रतिक्रिया