मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १४:११
वासिङटन डिसी 04:26

एनएसिसिको कार्य प्रगती विवरण

इनेप्लिज २०७६ भदौ ३० गते १:५३ मा प्रकाशित

डिसी मेट्रो सप्ताहमा हाम्रो नेपाली समुदायका तमाम सदस्यहरुले देखाउनुभएको उत्साहजनक सहभागिताले समुदायमा सकारात्मक आशा जागेको अवस्था विधीतै छ । हाम्रो समुदायको यो साझा लक्ष्य पुर्ति गर्न नेपाली अमेरिकन कम्युनिटी सेन्टर निर्माण अभियानमा महत्वपुर्ण हिस्सा बन्नुभएका सम्पुर्ण आदरणीय सदस्यहरुमा हामी हार्दिक आभार प्रकट गर्दछौं।

सप्ताह सम्पन्न भएपछी हालसम्म भए गरिएका कार्य प्रगती विवरण एवं अन्तरिम कार्य समिति र अन्तरिम बोर्ड अफ ट्रष्टीका विभिन्न विभिन्न निर्णयहरुको जानकारी गराउने उद्देश्यले आज हामी यहाँ भेला भएकाहौं।

कार्यप्रगति विवरण:

साधारण सभा सफलतापूर्वक सम्पन्न भई अगाडि बढ्ने कार्य निर्देश प्राप्त भएको छ ।हामीले जुलाईमा गरेको प्रेश विज्ञप्ति पछि ८६५७८.३५ रकम थप चन्दा उठी कुल चन्दा $ १११७०२३.२५  पुगेको छ । यसै गरी सदस्यता संख्यामा पनि ५२ जनाले बृद्धि भई ८७१  पुगेको छ । येसैगरि Youth Membership हालसम्म को संख्या ९३ छ ।

IEC मा कामको बाँडफाँड गरी विभिन्न कार्यदलहरू गठन गरिएको र कार्य दल एवं समग्र IEC को POC हरू तोकी कार्य प्रारम्भ भएको छ ।

बिभिन्न कागजातहरू सपथ, गोपनियता प्रतिबद्धता, र Code of Ethics मा सबै IEC सदस्यहरू र IBOT सदस्यहरूले हस्ताक्षर गरी तैयार गरेका कागजातहरू एवं NACC दर्ता सम्बन्धी कागजातहरू विद्युतीय प्रति र कागज प्रतिहरू सुरक्षित फाइल गरी राख्ने काम भएको छ ।कार्यदल र सदस्यहरूलाई दिईएका काम, सम्पन्न गर्नु पर्ने मिति र प्रगति समी़क्षाको Tracking गर्ने तालिका तैयार भएको छ ।

चन्दा संकलन गर्न देउसी भैलो कार्यक्रम गर्ने निर्णय भएको छ । समुदायका सबै सदस्यहरू, स्याट्लाइट ग्रुपका सदस्यहरू एवं अन्य संघसंस्थाहरूको सहयोग, संलग्नता एवं सहभागितामा अक्टोबर १९,२०,२७,२८ र नोभेम्बर २, र ३मा देउसी भैलो गर्ने निर्णय भएको छ ।

NACC को काम कारबाहीलाई बढी व्यवसायिक र दक्षतापूर्वक संचालन गर्न Google for Nonprofit मा खाता खोली त्यस्का सुवाधाहरू उपयोग गरिँदै छ । G suite को लागि स्वीकृति प्राप्त भई सकेको छ ।

NACC टिमले वेभसाइटको स्तरोन्नतिकोलागि काम गरिरहेको छ । हाम्रो टीममा यस क्षेत्रका दक्षहरूको सहयोग आवश्यक छ । दक्ष प्राविधिकहरुलाई सहयोगको लागि आह्वान गरिन्छ । सदस्यहरूले कटिबद्धता ब्यक्त गरेको सदस्यता अनुरूपको न्युनतम चन्दा छिटो बुझाउन आग्रह गरिएको छ ।

NACC ले शहर र क्षेत्रगत हिसाबले ७ वटा स्याटेलाइट समूहहरू गठन गरेको छ । चन्दा संकलनमा यी समूहहरूलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने रणनीति तैयार भएको छ । Land and Engineering कार्यदल बाहेक एउटा जमिन खरिद कारंयदल गठन गरिएको छ । IEC सदस्य र IBOT सदस्य सम्मिलित यो कार्यदलले Land and Engineeringसमिति सहित घर जग्गा व्यवशायीहरूको जग्गा खोजविन गर्न गठित टिमसंग मिली काम गर्ने छ ।

रियल स्टेट तथा इन्जिनीरिंग समूहले हाल सम्म झन्डै तिन दर्जन जग्गाहरुको अध्यायन गरिसकेको छ।  ती मध्ये दुइ दर्जन जति जग्गाको साइट अबलोकन भ्रमण समेत पुरा गरेको छ  । उक्त जग्गाहरु मध्ये छनोटमा परेका आधा दर्जन भन्दा बढी जग्गाहरुको दोश्रो चरणको अध्यायन भै रहेको छ।

यसको अतिरिक्त, NACC को अवधारणा, अवश्यकता पहिचान, कन्सेप्च्युअल प्लान र तत्कालिन कार्यदिशा तयार गर्ने काम तदारुकताका साथ भै रहेको छ। उक्त कागजातले अन्तिम रुप लिएपछि हामी सबै सदश्यहरुलाई प्रतिक्रियाको लागि पठाउने नै छौं।

 

प्रतिक्रिया