एनआरएनए जाम्बियाको वार्षिक साधारण सभा सम्पन्न ;अध्यक्षमा प्रमोद शर्मा निर्बाचित

इनेप्लिज २०७६ भदौ २९ गते १८:४४ मा प्रकाशित

लुसाका , जाम्बिया गैरआबासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति जाम्बियाको सन २०१९ को वार्षिक साधारण सभा जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाले सन २०१९ – २०२१ का लागि प्रमोद शर्माको अध्यक्षतामा निम्न अनुसारको कार्य समिति गठन गरेको छ । कार्यसमितिमा राजिब मुनानकामी उपाध्यक्ष , पोषण राज बस्नेत महासचिब , रोजनराज घिमिरे सचिब र भिमबहादुर बम कोषाध्यक्ष चयन हुनु भएको छ ।

त्यसैगरी महिला संयोजकमा सन्ध्या खनाल र युबा संयोजकमा ईश्वर भुसाल निर्बाचित हुनु भएको छ भने सदस्यहरुमा शम्भु कार्की , आलोक शर्मा ,रबिलाल पान्डे , चन्द्र न्यौपाने , हेमाङ्ग लामा र निम बलायर चयन हिनु भएको छ ।

संघको संरक्षकमा बिदुर खनाल र सल्लाहकारमा डा. बिशालनाथ उप्रेती रहनुभएको छ ।

संघले गत बर्ष झै यस बर्ष पनि लुसाकामा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया