मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १४:४०
वासिङटन डिसी 04:55

भर्जिनियाको फेयरफ्याक्समा रक्सीले मात्तिएकी पत्नीले पतिले ज्यादा बेसबल हेर्यो भनि छुरा प्रहार

इनेप्लिज २०७६ भदौ २९ गते १२:२९ मा प्रकाशित

भर्जिनियाको फेयरफ्याक्सका एक खेलप्रेमीलाई रक्सीले मात्तिएकी आफ्नी पत्नीले पतिले ज्यादा बेसबल हेर्यो भनि छुरा प्रहार गरेको खबर बाहिर आएको छ । ज्यादै मादक पदार्थ सेवन गरि मात्तिएकी पत्नीले छुरा प्रहार गरेकी हुन् ।

बबी नाम गरेका पुरुषले जव अस्पतालमा आफ्नी श्रीमतीले चुप्पी प्रहर गरि घाइते बनाएको भनि खबर गरे पछि स्थानीय पत्र पत्रिकाले उक्त समाचार प्रकाशित गरेका हुन् ।

अमेरिकाको फेयरफ्याक्समा बस्दै आएका लोग्ने घरमा बसेर वाशिंगटन नेसनल टोलीको बेसबल हेरी रहेको अवस्थामा उनकी ३८ बर्षिय पत्नीले देब्रे पाखुरामा प्रहार गरेको पत्र पत्रिकाले लेखेका छन् ।

पत्नी बजार गएर घर आए पछि हमला गरेकी थिइन् । उनले मासु काट्ने कत्तिले पाखुरामा हानेकी थिइन् भने १३ वटा टाका लगाइएको छ । डिसी महानगर क्षेत्रको एक रेडियोले उक्त घटनाको जानकारी अस्पताल बाट सही भएको समेत पुष्टि गरेको छ ।

तर प्रहरीले अहिले सम्म उनलाई पक्राउ गरिएको या नगरिएको बारे जानकारी गराएको छैन ।

प्रतिक्रिया