रोमानियामा नयाँ एनआरएनए एनसीसीको सबै पदमा निर्बिरोध चयन

इनेप्लिज २०७६ भदौ २९ गते ११:५९ मा प्रकाशित

सेप्टेम्बर १५, बुखारेष्ट, रोमानिया। प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको छैटौ राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रुपमा १९ सदस्यीय नयाँ कार्य समिति २०१९-२०२१ गठन ग-यो।

गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री के सी, सहकोषाध्यक्ष सोम सापकोटा, यूरोपका संयोजक शिवकुमार बरुवाल, सह संयोजकद्वय एकराज गिरी र गोबिन्द प्रसाद गौतमले महाधिबेशनको सफलताको लागि हार्दिक शुभकामना पठाउनुभएको थियो।

राष्ट्रिय महाधिवेशनले आईसीसी सदस्य तथा संरक्षकमा एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेललाई र अध्यक्षमा आलोक साहलाई दोस्रो पटक निर्बिरोध चयन गरेको छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, रोमानिया २०१९ – २०२१ को नामावली निम्नानुसार रहेको छ।

आईसीसी सदस्य तथा संरक्षक :-
नवराज पोखरेल

अध्यक्ष :- आलोक साह
वरिष्ठ उपाध्यक्ष :- जेनी गुरुङ
उपाध्यक्ष :- ल्हाक्पा तेन्जी लामा शेर्पा
महासचिव :- खगेन्द्र अधिकारी
सचिव :- खुमलाल भुसाल
कोषाध्यक्ष :- गोमा थापा
सह-कोषाध्यक्ष :- मेन्दा शेर्पा
युवा प्रतिनिधि:- प्रज्वल खड्का
महिला प्रतिनिधि :- शोभा मानन्धर

सदस्य :- डा. अमित रिजाल
सदस्य :- मैयाँ मोनि राई
सदस्य :- मुक्तिराज कोइराला
सदस्य :- फुर्सांग लामा
सदस्य :- कल्पना राई अधिकारी
सदस्य:- पवन नेपाली
सदस्य:- शुष्मा गुरुङ
सदस्य:- रीना बज्राचार्य
सदस्य:- पासाङ छोटी शेर्पा

प्रतिक्रिया