बुधबार, मंसिर ४ २०७६
काठमाडौं ०४:५२
वासिङटन डिसी 18:07

नाेरिच सिटीसँग म्यानचेस्टर सिटीकाे अप्रत्यासित पराजय

इनेप्लिज २०७६ भदौ २९ गते ११:३१ मा प्रकाशित

काठमाडाैं, २९ भदाै । इंग्लिय प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले अप्रत्यासित पराजय ब्यहोरेको छ ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच सिटीले पाहुना टोली म्यानचेस्टर सिटीलाई ३-२ गोलले स्तब्ध पारेको हो ।

सिटीका लागि नयाँ सिजनमा पाँचौं खेलमा पहिलो पराजय हो । नोरिजका लागि भने पाँचौं खेलमा दोस्रो जित हो ।

खेलको १८ औं मिनेटमै किन्नी म्याकलीनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली नोरिचले त्यसको १० मिनेटपछि अर्को गोल थप्यो । यसपल्ट टड क्यान्टवेलले गोल गरेका थिए ।

सर्जियो एग्यूरोले ४५ औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा नोरिचले २-१ को अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुमै नोरिचले ३-१ को अग्रता बनायो । तिमू पुक्कीले गोल गरेका थिए ।

८८ औं मिनेटमा गाव्रियल जेससको पासमा रोड्रि अर्नान्डेजले गोल गरी खेलमा फर्काउने प्रयास गरे पनि ढिला भइसकेको थियो ।

अग्रता बनाएपछि रक्षात्मक रणनीति लिएको नोरिचबिरुद्ध बल पोजिसन हासिल गरे पनि सिटीले आवश्यक गोल गर्न सकेन ।

प्रतिक्रिया