बाँके घटनालाई लिएर काँग्रेसद्वारा संसद अवरुद्ध

इनेप्लिज २०७६ भदौ २९ गते ११:२५ मा प्रकाशित

काठमाडौँ, २९ भदौ । बाँके घटनालाई लिएर प्रमुख विपक्षी नेपाली काँग्रेसले संसद अवरुद्ध गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि काँग्रेस सांसदहरुले अवरोध जारी राखेका थिए ।

संसद सुरु हुनासाथ काँग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले समय लिएर बोलेका थिए ।

त्यसपछि गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारको धारणा राखेका थिए । जवाफमा गृहमन्त्रीले जवाफ दिए पनि काँग्रेस सांसदहरुले चित्त बुझाएनन् । उनीहरुले गरेको प्रतिप्रश्नमा पनि गृहमन्त्रीले उस्तै जवाफ दिएका थिए ।

त्यसपछि भने कांग्रेस सचेतक पुष्पा भुसालले घटनालाई निन्दनीय घटना भएको बताइन् ।

गृहमन्त्री थापाले दिएको जवाफको आलोचन गरेकी थिइन् । उनले किटानी जाहेरी दिएका व्यक्तिहरुलाई कारबाही अगाडि नबढाएसम्म सदन चल्न सहयोग गर्न नसक्ने बताइन् ।

काँग्रेसले  राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि कारबाहीको माग गर्दै संसद अवरुद्ध पारेको हो ।

काँग्रेसको विरोधपछि सभामुख कृष्णबहादुर महराले १० मिनेका लागि संसद स्थगित गरेका छन् ।

प्रतिक्रिया