प्रहरी ‘सुरक्षा’मा रहेका ज्ञानेन्द्र शाही छुटे

इनेप्लिज २०७६ भदौ २९ गते ११:२३ मा प्रकाशित

काठमाडौँ, २९ भदौ । प्रहरी नियन्त्रणमा रहेका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही छुटेका छन् ।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता दाबी गर्ने शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर छोडेको हो ।

ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि एकछिन नियन्त्रणमा लिएर छोडिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार शाहीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो । पत्रकार सम्मेलनमा विवाद चर्किने देखिएपछि सुरक्षाका लागि एकछिन परिसरमा राखेर छाडिएको प्रहरीको भनाइ छ ।

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले दुर्व्यवहार गरेका थिए ।

उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो ।

प्रतिक्रिया