मेरिल्याण्डमा नवौ येन्या पुन्ही (इन्द्र जात्रा)भव्यताका साथ सम्पन्न( फोटोग्राफर राजीव श्रेष्ठले कैद गरेका तस्बिर सहित )

विजय थापा २०७६ भदौ २९ गते ०:३८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा अमेरिका मै निर्माण गरिएको कुमारी सहितको रथमा राखेर सफलतापूर्वक बर्ष २०१९ को येन्या पुन्ही (इन्द्र जात्रा) मनाइएको छ । यो बर्ष समेत गरेर दोश्रो पटक नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले कुमारी सहितको रथ तानेर नेपाली समुदायलाई नेपाल कै झझल्को गराई दिएको छ । नेपाली समुदाय इन्द्र जात्रा मनाउन र रथ तान्न अमेरिकाका विभिन्न राज्यहरुबाट पनि आएका थिए ।

मेरील्याण्डमा नेवा अर्गनाईजेसन अफ अमेरिका( NOA) को नवौ येन्हा पुन्ही ( ईन्द्र जात्रा )कुमारी सहितको रथयात्रा उत्सवको प्रत्यक्ष प्रसारण :

Posted by Enepalese on Saturday, September 14, 2019

डिसी महानगर क्षेत्रमा १८ बर्ष अगाडी नेवा समुदाय द्वारा भाषा ,संस्कृति तथा कलालाई जगेर्ना तथा प्रबर्धन गर्ने उद्धेश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले नवौ इन्द्र जात्रा)केही नयाँ प्रस्तुति गर्दै भव्यताको साथ सम्पन्न गर्न सफल भएको छ ।

कार्यक्रममा अतिथिको रुपमा पूर्व भौतिक योजना मन्त्रि र हालका प्रतिनिधि सभा सदस्य तथा समाजवादी पार्टीका सह अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए । श्रेष्ठले नेवा समुदायले बिदेशमा पनि भाषा ,संस्कृति र कला को जगेर्ना गर्न नेवा समुदायको ठूलो भूमिका रहेको बताए । र संस्थाले गरेको कामको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।

यसै गरि मेरिल्याण्ड मन्टगोमेरी काउन्टीका नगर परिषद प्रतिनिधिले एनओएले नेपाली समुदायमा खेलेको भूमिका को सराहना गर्दै काउन्टीको तर्फ बाट सम्मान पत्र हस्तान्तरण गरेका थिए । उक्त सम्मान पत्र कार्यवाहक अध्यक्ष यज्ञमान शाक्यले लिएका थिए । साथै शाक्यले सबैलाई स्वागत गर्दै प्रस्तुत गरिएको नाटक तथा अन्य प्रस्तुतिमा सहभागी रहेका थिए ।

अमेरिकको मेरील्याण्डमा आयोजना गरिएको ईन्द्र जात्राको नाटकमा हिरण्यकश्यपलाई बध गर्दै नर्सिह ;

Posted by Enepalese on Saturday, September 14, 2019

यस पटक पनि कुमारीलाई प्रस्तुत गर्दै नरसिंह अवतारले हिरण्यकशिपु बध गरिएको नाटक प्रस्तुत गरिएको थियो । हिन्दू धर्मका अनुसार नृसिँह “नरसिँह” अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।

हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक हिरण्याक्ष र हिरण्यकशेपु पैदा भएका थिए यिनिहरू ठुले भए पछि जता ततै उप्रदव मचाउन थाले। हिरण्याक्षलाई बराह भगवानले मारेका थिए । इन्द्र जात्रामा दुर्गा लाल श्रेष्ठको पुस्तक कुमारीले बिमोचन गरेकी थिइन् ।

उक्त कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण सहभागी अतिथिहरुलाई निशुल्क खुवाईएको थियो । उक्त कार्यक्रममा लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्यको साथै परम्परागत स्थानीय रुपमा सजिएकी कुमारी पनि प्रस्तुत गरिएको थियो l यस पटक  आर्थिक सहयोग गर्ने आयोजक तथा दानबिरको नाम रथमा ताम्रपत्रमा कुदी नाम टासिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया