अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख आइतबार अमेरिकाको वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति “बसन्त” र हिन्दी भाषामा प्रकाशित कृति “चाहतोँ के साय में ” को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने “विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला” को सम्पूर्ण तयारी पुरा भएको छ । सेप्टेम्बर १५ तारिख आइतबार बेलुकी ४:३० बजे Hotel Best Western Battlefield Inn, 10820 Balls Ford Rd, Manassas, VA 20109 US मा आयोजित उक्त कार्यक्रममा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरी स्वयम पनि सहभागी हुनुहुने छ र वहाँले करिब एक घण्टा वहाँका चर्चित कविताहरु बाचन पनि गर्नुहुने छ ।
वहाँलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका तर्फ बाट नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको क्षेत्रमा वहाँले पुर्याउनुभएको बिशेष योगदानको ऊच्च कदर गर्दै अभिनन्दन समेत गर्न लागिएको आयोजक दुबै संस्थाका अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । स्मरण रहोस अमेरिकामा आउने नेपालका कवि, कलाकार, साहित्यकार, लेखक, समाजसेबीहरुलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाले यस अघि पनि यसरीनै सम्झिँदै आइरहेकाछन ।
आयोजक दुबै संस्थाका अध्यक्ष रामप्रसाद खनालका अनुसार कार्यक्रम वाशिङ्गटन डिसी नजिकै भर्जिनियाको मनासस शहरको बेस्ट वेस्टर्न ब्याटल फिल्ड इन होटेलमा सेप्टेम्बर १५ तारिख बेलुकी ५ बजे तय गरिएकोछ । जसमा वाशिङ्गटन डिसी वरपर रहेका प्रबुध्द नेपाली समुदायको सहभागिता रहनेछ । वहाँका अनुसार कार्यक्रमको नाम “बसन्त लोकार्पण तथा विश्व काब्य यात्रा, भर्जिनिया श्रृंखला” राखिएकोछ ।
नेपाली भाषा, साहित्य, कला र सँस्कृतीका योध्दा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति “बसन्त” को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने “विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला” कार्यक्रम प्रबासमा एउटा कोशेढुङ्गा साबित हुने कुरामा आफु बिश्वस्त रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका कोसाध्यक्ष एबम सँस्कृतीबिद भूपनारायण घर्तिमगर र अन्तर्राष्ट्रिय कलाकार मञ्चका महासचिब सुरेश दर्पण पोखरेल र सचिब प्रकाश नेपाल बताउनुहुन्छ ।
आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाले वाशिङ्गटन डिसी र वरपर रहनुभएका नेपाली समुदायलाई कार्यक्रममा निमन्त्रणा गरेको छ । निमन्त्रणामा भनिएको छ:
अग्रज कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति “बसन्त” को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने “विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला” मा यहाँलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
स्थान: Hotel Best Western Battlefield Inn, 10820 Balls Ford Rd, Manassas, VA 20109 US
मिति: September 15, 2019
समय: 4:30 Pm
प्रबेश: निशुल्क
( बिशेष ब्यबस्था : कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीसँगै सामुहिक रात्री भोज एबम भेटघाट र फोटो शेसन पनि )
* कृपया कार्यक्रम हुने होटलमा सिट सिमित भएको र रात्रीभोज ब्यबस्थापन समेतलाई मध्यनजर गर्दै यो निम्तो प्राप्त गर्ना साथ यहाँहरु कति जना पाल्नुहुन्छ सँख्या समेत उल्लेख गरी यथाशीघ्र जानकारी गराउनुभए मा हामी लाई ब्यबस्थापन गर्न सजिलो हुने थियो । यहाँहरुको RSVP का लागि हार्दिक अनुरोध छ ।
* ईमेल, टेक्सट, मेसेन्जर लगायतका बिभिन्न मध्यम बाट निम्तो पठाइसकिएको छ । यदि प्राप्त नभएको भए यसैलाई नै निमन्त्रणा मणी कार्यक्रममा उपस्थित भैदिनुहुन हुन सादर अनुरोध छ । साथै उक्त कार्यक्रममा साना बालबच्चा सहभागी गराउँदा कार्यक्रममा हुने अबरोध लाई मध्यनजर गर्दै कृपया साना बालबच्चा नल्याइदिनुहुन सादर अनुरोध गरिएको छ ।
आयोजक:
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( www.iafamerica.com )
इभेन्ट म्यानेज्मेन्ट: इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिका
संपर्क:
रामप्रसाद खनाल – 703-419-0924 – ईमेल – [email protected]
सुरेश दर्पण पोखरेल – 443-447-4040, ईमेल – [email protected]
प्रकाश नेपाल – 703-864-4141 – ईमेल – [email protected]
भूपनारायण घर्तिमगर – 571-217-6782 ईमेल – [email protected]
स्मरण रहोस बसन्त चौधरी नेपालको ब्यापारीक, ब्यबसायिक घराना चौधरी ग्रुपका एक हस्ती, नेपालकै गौरब मात्र होइन वहाँ सिध्दहस्त अत्यन्त राम्रा कवि, साहित्यकार र गीतकार पनि हुनुहुन्छ । चौधरी ग्रुप जस्तो विश्व प्रसिद्ध नेपाली कम्पनी, ब्रान्डका एक हस्ती वहाँको बहुमुखी प्रतिभालाई छिचोल्दै जाने हो भने धेरै गहिराइसम्म पुग्नुपर्ने हुन्छ । जसको परिचय होस् भनेर तल केही सान्दर्भिक सामाग्रीहरु पनि राखिएका छन हेर्न सक्नुहुन्छ:
please see detail about Basant Chaudhary
http://www.basantchaudhary.com/new/
https://www.facebook.com/basantchaudharypage/
https://www.facebook.com/basantchaudhary1957 ।
आउ मेघा
वाफिएको जीवनको गर्मी संगै
खडेरीको तापमा
तिमी पानी बनेर आउ
र,
वृष्टिगर,
शीतल र सौम्य जलधारा
माथी-माथी हिमालबाट बोकेर
शीतलता छर्दै
रझाऊँदै र पखाल्दै
लहराऊँदै र झुम्दै
आउ मेघा आउ
यहाँ उष्ण बढेको छ र
पोलेको छ मन !शिशिरको उराठ आँगनमा
पतझड बनेको छ जीवन
तिमी मधुमास बोकेर आउ
फुलाउ सुन्दर-सुन्दर फूलहरु
मगमगाउँदा, भरभराउँदा
तिम्रो निर्मल थोपा-थोपाबाट
सुन्दरता बिसाएर,
पोख्दै-पोख्दै
उराठ शिशिरलाई
वसन्त पार !
आउ मेघा आउ
पतझड हाँस्दैछ !समयका पल प्रतिपल संगै
उषाका स्वर्णिम किरणका
काखमा बसेर
सुर्यको सुनौलो रंगले रंग्याउँदै
मेरो जीवनको प्रत्येक अन्धकारलाई
नयाँ बिहानिको सुन्दरताले नुहाएर
नास गर सारा धमिलो
आउ मेघा आउ
अध्यारो ममा बाक्लिंदैछ !काठमाडौँ – सावन ४, २०७६

यस्तो सशक्त शब्द हो
कुनै शब्दमा अनुवाद नहुने ।
जीवन पनि मलाई यस्तै लाग्छ
न रंग, न बाना,
कुनै अर्थमा कहिल्यै परिभाषित नहुने ।फूल…
तिमी के भन्छौ यसलाई ?
शब्द हो या निशब्द ?
आवाज छैन
तर,
के बोलिरहेको छैन यसले ?
यही हो त्यो महान शब्द
कसैको बोलीबाट ब्यक्तै नहुने ।त्यस्तै हो सुन्दरता
जसलाई बुझ्न पनि
आफू स्वयं
आत्मैदेखि सुन्दर हुनु पर्ने
यो छालाको आँखा हैन
जसलाई देख्न
अन्तर्मनको आँखै खोल्नुपर्ने ।सौन्दर्य भन्नासाथ हुरुक्क हुने
सुगन्धकै निम्त्ति साधनारत रहने
तिमी-हामी,
संसारलाई नरकबाट उठाउन
अन्तर्मनै देखि,
भन कैले उठ्ने ?
आत्माको सुगन्धले
यो माटो कहिले मुछ्ने ?
भन !
कहिले अँगालोयूक्त हुने
यो ब्रम्हत्वबाट ?
कहिले जीवन्त हुने
यसको स्पर्शबाट ?
अन्तकरनैबाट चाहेमा
के यो सम्भव छैन ?






प्रतिक्रिया