मनोरञ्जन सगै सम्पन भयो प्रवासी भुजेल समाजको ९ औँ स्थापना दिवस ।

भोला थापा क्षेत्री २०७६ भदौ २८ गते १२:२२ मा प्रकाशित

भोला थापा क्षेत्री , इनेप्लिज कतार ।

कतारमा २०१० मा स्थापना भएको जातिय संस्था “प्रवासी भुजेल समाज कतार”को ९ औँ स्थापना दिवस तथा चेलीवेटी भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।

त शुक्रबार कतारको सनैय स्थीत लाली गुराँश रेष्टुरेण्टको सभाहलमा सम्पन उक्त कार्यक्रममा समाजका अध्यक्ष मिलन कुमार भुजेलको सभापतित्व रहेको थियो भने प्रमुख अथिति भने नेपाल प्रबासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुजेलले आफ्नै जातिय समाजको कार्यक्रममा प्रमुख अतिथी हुन पाउँदा खुसी लागेको बताउदै ”प्रवासी भुजेल समाज कतार”को प्रगतीको खुलेर प्रशंसा गर्दै उपस्थिती सम्पुर्ण महिलाहरुलाई ढिलै भए पनि हरितालीका तिजको शुभकामान व्यक्त समेत गरेका थिए ।

यसै गरि कार्यक्रममा मन्तव्य राख्दै सस्थाका निबर्तमान अध्यक्ष तथा सस्था संरक्षक निमय भुजेलले पनि सस्थालाई आज यो अबस्थामा पुर्याउन विशेष भुमिका खेल्नु हुने सबैलाई आभार व्यक्त गरे उनले हालै सम्पन्न एनआरएन एनसिसि कतारको २०१९–२०२१ को चुनाबी मैदान मा सबैभन्दा बढी मत पाई बिजयी हुदा आफू धेरै खुसी भएको बताए ।

उनले थपे यो सम्पुर्ण योगदान समाज र समाज सँग आवद्ध साथीहरूले गर्दा नै भएको हो उनले आफुले बोलरे भन्दा पनि भोलीको दिनमा केही गरेर देखाउने चाहान रहेको बताए उनले समाजले दिएको मायाँलाई कदर गर्दै आफुले समयले भ्याए सम्म पिडीत नेपाली प्रति सहयोगको भुमीका निर्वाह गर्ने बताए ।

मन्तव्यकै क्रममा नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतारकी महिला संयोजक अस्मीता घिसीङले सस्थाको ९ औँ स्थापना दिवस तथा तिज कार्यक्रमको शुभकामान दिदै महिला दिदि बैनीहरुलाई कतारमा कुनैपनि समस्य परेको खण्डमा आफुले सक्दो  सहयोग समेत गर्ने बताईन ।

यसै गरि कार्यक्रम सभापति तथा सस्था अध्यक्ष मिलन कुमार भुजेलले कार्यक्रम शब्य र भब्य सहित सफल बनाउन अहोरात्र खटिनु भएका विभिन्न सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै भोलिको दिनमा पनि सबैको साथ अनि सहयोगको अपेक्षा राखेका थिए ।

मनोरञ्जनमा झुम्यो लाली गुराँश-:

समाजले स्थापना दिवश सगैँ चेलीबेटी भेटघाट तथा तिज मनोरन्जत्मक कार्यक्रम रहेकाले उपस्थीहरुले खुलेर समेत रमाईलो लिन पाएका थिए ।

कतारमा कार्यरत नेपाली महिला दिदीबैनीहरुको बाक्लो उपस्थीती सँगै माहोललाई थप मनोरञ्जन दिनका निमित्त स्थानिय कलाकारको पनि उपस्थीती सगैँ वेजोड प्रस्तुतीले कार्यक्रममा छुट्टै मनोरञ्जनात्मक भएको थियो ।

कार्यक्रममा हुमाकान्त पराजुली, रमेश भुजेल ,सबिन मगर, लोकेन्द्र बि क , शुभास पौडेल , रम्जान निर्दोष लगायत कलाकारले “हावा चलो सरर, खुट्टैमा निल परे परोस, चिटिक्कै भाछु रे ,गोरखा मन कामान, जाउ है सानु पोखरा” जस्ता दर्जनौ गीत गायर कार्यक्रमहललाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

अझ बिरुसा वाईबा , आशा राई पुस्पा लिम्बु ,रचना थापा मगर लगायतको नृत्यले दर्शको मन झन नृत्य तिरै तानेको थियो । समाजले कार्यक्रममा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजलाई ढिलै भए पनि शुभकामना र उपस्थीती सम्पुर्णलाई सेलरोटी खिर र अचारबाट दर खुलाई थप मनोरञ्जन दिई शुभकामना समेत दिएका थिए ।

संस्थाका महासचिव युवराज भुजेलले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका बरिष्ठ उपाध्यक्ष बिर बहादुर भुजेल सगै स्वागत नृत्य सस्थाका कार्यसमिति सदस्य माया भुजेल लगायत अन्य कलाकारले चिटिक्कै भाछु रे बोलको गितबाट उपस्थितमा सम्पुर्णलाई मनोरञ्जन सहित स्वागत गरेका थिए ।

सस्थाको केक कटिङ सगैँ  विभिन्नलाई सम्मान-:

प्रवासि भुजेल समाज कतारमा २०१० सेप्टेम्बर १३ तारिकको दिन स्थापना गरि आज ९ बर्षमा लागेको खुसीमा समाजले आफ्नो ९औ जन्मदिन (स्थापना दिवसको केक कटिङ) साथै समाजमा आबद्ध विभिन्न व्यक्तित्वहरुलाई  सम्मान समेत गरेको थियो ।

एनआरएन एनसिसि कतारको २०१९–२०२१ को चुनाबी मैदान मा सबैभन्दा बढी मत पाई सचिबमा बिजयी भएका संस्थाका निबर्तमान अध्यक्ष तथा सस्था संरक्षक निमय भुजेललाई सम्मान गरेको थियो । उनलाई अध्यक्ष मिलन कुमार भुजेलले खादा ओडाएर सम्मान गरेका थिए ।

भने  मार्नथ सदस्य रन्जना भटराई तथा कार्यसमिती सदस्यहरु मायाँ भुजेल, मुना भुजेल (जिना), कुमारी भुजेल पनि सम्मानित भएका थिए । उनिहरुलाई कार्यसमिती सदस्य श्रीमान जिसी भुजेलले खादा ओडाएर मायाँको चिनोले सम्मान सहित तिजको शुभकामान समेत दिएका थिए ।

कार्यक्रममा प्रबासी भुजेल समाज कतारका निबर्तमान अध्यक्ष एबम संरक्षक नियम भुजेल , नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार देबराज राई , बिशेस सल्लाहकार सियाराम चौधरी, सस्थापक तथा सल्लाहकार सदस्य सुक बहादुर तामाङ्ग , सल्लाहकार सदस्य धिरज चाम्लिङ्ग राई , सल्लाहकार सदस्य शंखलाल तामाङ्ग , सल्लाहकार सदस्य रस तमु गुरुङ यसै गरि महासंघ कतारमा आबद्द भातृ सँस्थाका प्रमुखहरुमा किरात याक्थुङ्ग चुम्लुङ्ग कतारका अध्यक्ष राजेन्द्र सामेखाम लिम्बु, तमु गुरुङ समाज कतारका अध्यक्ष भाईकाजी गुरुङ , किरात यायोक्खा शाखा कतारका अध्यक्ष बिमल राई , नेपाल प्रबासी तामाङ्ग समाज कतारका अध्यक्ष धिरेन तामाङ्ग , थारु कल्याणकारी सभा च्याप्टर कतारका सभापति अरबिन्द चौधरी , सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार , नेपाली धानुक समाज कतारका उपाध्यक्ष रामेश्वर मण्डल , शेर्पा किदुग दोहा कतारका उपाध्यक्ष तेन्जी शेर्पा , नेपाल प्रबासी दनुवार संगठन कतारका अध्यक्ष बिक्षु कुमार दनुवार र प्रबासी ताजपुरिया समाज कल्याण परिषद कतारका अध्यक्ष रविलाल ताजपुरिया साथै बुद्धिजिवि,बैचारिक संघ सस्थाका प्रमुखहरु ,सामजिक ब्याक्तित्वहरु लगायत पत्रकारहरुको बाक्लो उपस्थित रहेकोे कार्यक्रम करिब विहान ११ बजे देखी बेलुकी ५ बजे सम्म चलेको सस्थाका सचिव प्रभात भुजेलले जानकारी दिए ।

प्रतिक्रिया