बुधबार, मंसिर ४ २०७६
काठमाडौं ०५:३५
वासिङटन डिसी 18:50

रहीम स्ट्रर्लिङ्ग उत्कृष्ट खेलाडीः प्रशिक्षक गार्डिवला

इनेप्लिज २०७६ भदौ २८ गते ६:१२ मा प्रकाशित

लण्डन, २८ भदाै । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाका अनुसार रहीम स्ट्रर्लिङ्गमा विश्व फुटबलका दुई सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको स्तरमा पुग्ने क्षमता र सम्भावना रहेको बताएका छन् ।

स्ट्रर्लिङ्गले आफ्नो क्षमतालाई चिनेर लक्ष्य रोनाल्डो र मेस्सीको स्तरमा पुग्ने राख्नु पर्ने प्रशिक्षक गार्डिवलाको भनाई छ । युरोपक फुटबल २०२० को छनौट अन्तर्गत यो हप्ता भएका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले पनि स्ट्रर्लिङ्गमा रोनाल्डो र मेस्सीको स्तरमा पुग्ने सम्भावना रहेको बताएका थिए ।

म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवलाले भनेका छन्, ‘हाल कसैलाई पनि उनीहरु (रोनाल्डो र मेस्सी) सँग तुलना गर्न सक्ने अवस्था छैन । तर स्ट्रर्लिङ्गमा उनीहरुको स्तरमा पुग्ने सम्भावना छ । यो उनको सपना हो र हामी सबैको पनि ।’

स्ट्रर्लिङ्गले रोनाल्डो र मेस्सीको स्तरमा पुग्ने लक्ष्य भेट्टाएमा त्यो अति उत्कृष्ट अनुभव हुने गार्डिवलाको भनाई छ ।

प्रतिक्रिया