मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १४:२३
वासिङटन डिसी 04:38

मेरिल्याण्डमा स्व कपिल पौडेलको अन्तिम दाह-संस्कार हुने

इनेप्लिज २०७६ भदौ २७ गते २३:५९ मा प्रकाशित

नेपाल काठमाडौँ ,बालाजु बस्ने र हाल अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर बस्दै आएका ३५ बर्षिय कपिल पौडेलको असामयिक निधन भएकोले मेरिल्याण्डमा अन्तिम दाह संस्कार गरिने भएको छ ।

यस दुखद घडीमा स्व कपिल पौडेलको मृत आत्माको चिर शान्तिको लागि हार्दिक समबेदना सहित सेप्टेम्बर १४ शनिबारका दिन गरिने अन्तिम दाह संस्कारमा उपस्थित हुन् अनुरोध गरिन्छ ।

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना )का अध्यक्षले सुबोध विलास पन्तले बानाको तर्फ बाट समेत समबेदना प्रकट गर्दै अन्तिम दाह संस्कार को लागि डिसी महानगर क्षेत्रमा बसोबास गर्ने र बिशेष गरि मेरिल्याण्डका निवासीलाई सहभागी हुन् समेत आग्रह गरेको छ ।

दाह संस्कारको बिस्तृत जानकारी :

कहिले : मिति सेप्टेम्बर १४ शनिबार
समय : बिहान १० बजे देखि ११ बजे सम्म
स्थान : 408 HeadQuarters Dr Unit 10
Millersville ,MD 21108

थप जानकारीको लागि महाबाणिज्य दूत प्रेमराजा महत ( 4109164237 ) एनआरएनए उपाध्यक्ष कृष्ण जीवि पन्थ (4434332073 )तथा मृतकका दाजु शुशिल पौडेल (8572531383 ) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया