चर्चित गायिका अन्जना गुरुङले ल्याईन नयाँ गीतको म्युजिक भिडियो ठ्याक्कै भेटौंला

इनेप्लिज २०७६ भदौ २७ गते २३:०८ मा प्रकाशित

 

चर्चित गायिका अन्जना गुरुङले आफ्नो पछिल्लो गीति संग्रह, मिठास-३ को लागी रेकर्ड भएको नयाँ गीतको म्युजिक भिडियो ‘ठ्याक्कै भेटौंला’ भर्खरै आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् ।

 

लोक पप बेसमा रहेको यस युगल गीतमा पुरुष स्वरमा भने लोकप्रिय गायक कन्हैया सिंहले यसपटक भने राम्रो साथ् दिएका छन् । स्मृति तिमिल्सिनाको निर्देशनमा रहेको यस गीतको मोडलमा, जेम्स बिसी र अपेक्षा सिंहले राम्रो अभिनय र नृत्य प्रदर्शन गरेका छन् ।

भिडियो सम्पादन प्रकाश धमलाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठको रहेको यस गीत, काठमाडौँ वरपरको सुन्दर र रमणिय दृश्यमा छायांकन गरिएको छ ।

प्रकाश केसीको शब्द रचना, चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत, अरेंजर कृष्ण बिकेको प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा भएको गीतलाई चर्चित साउण्ड इन्जिनियर श्याम स्वेत रसाईलीले गीतको मिक्सिंगमा भने आफ्नो भरपुर खुबी देखाएका छन् ।

ठ्याक्कै भेटौंला गीतको अडियो भिडियोको बजार व्यवस्थापन भने, टिका गोपाल डिजिटल एम. कृएसन प्रा लिले गरेको छ l

प्रतिक्रिया