मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १५:२६
वासिङटन डिसी 05:41

न्युयोर्कमा गुञ्जिए कवि बसन्त चौधरी

तारा भट्टराई २०७६ भदौ २७ गते १०:४२ मा प्रकाशित

 

तारा भट्टराई । न्यु योर्कमा गीतकार तथा कवि बसन्त चौधरीको बिश्व काब्य यात्राको १९ औँ शृङ्खला भव्यताको साथ सम्पन्न भएको छ । उद्याेगपति ,गीतकार तथा कवि बसन्त चौधरी यतिबेला अमेरिकामा विश्व काब्ययात्राकाे दाेस्राे श्रृखलामा ब्यस्त हुनुहुन्छ।

गत ८ सेप्टेम्बर २०१९ मा क्यानडाको टोरन्टाे सरहमा १८ औँ शृङ्खला सकेर हिजाे सेप्टेम्बर ११ का दिन न्यूयाेर्ककाे ज्याक्सनहाईटमा १९ औँ शृङ्खलामा आफ्नाे काव्य सिर्जनाकाे एकल प्रस्तुती गर्नुभयाे। साे प्रस्तुतीले नेपालीहरूले सहित्यकाे फरक स्वाद पाएकाे महसुस गरे।

आफ्ना एकल सिर्जनाहरु पस्कन पाउँदा साहित्यकार चौधरी पनि ज्यादै उत्साहित देखिनुहुन्थ्याे। “यहि धर्ती भए पुग्छ , यहि शान्ती भए पुग्छ” र ठाउ फरक छ परदेश हाे। त्यसैले रिती र परिस्थिति पनि फरक हाेला। म शन्देश लिएर आएकाे छु। मातृभूमिकाे काेशेली बाेकेर आएकाे छु। भन्ने जस्ता आधा दर्जन कबिता गजल प्रस्तुत गर्नुभएकाे थियाे भने अन्त्यमा ‘आमा’ नामक कबिता पर्स्तुत गर्दा दर्शक स्राेताहरु भाबूक भएका थिए। बीचवीचमा गरिएकाे ग़ज़ल प्रस्तीले पनि वातावरण निकै रोमाञ्चक बनेको थियो ।

चौधरीको कबिता सुन्न न्यूयाेर्कबासि साहित्यप्रेमी लगायत समाजसेवीहरुको घुइँचो लागेको थियो । “हामिले साेचेभन्दा बढीनै सहभागिता भयाे । काब्ययात्रामा सँगै आउनु भएका साहित्यकार राजेन्द्र शलभले बताउनु भयाे। न्यूयाेर्क निवासी प्रोफ़ेसर डाक्टर तारा निराैला चौधरीको प्रस्तुतिबारे प्रतिक्रिया जनाउँदै भन्नुहुन्छ “चाैधरीकाे कवितामा माया प्रेम मात्र हाेईन, अगाध देशप्रेम पनि पाएँ।

सरल भाषामा सिर्जित र वहाकै नम्र आवाजमा एक अनुसाशित वातावरणमा बाचन गरिएका कविता र गजलहरुबाट समग्रमा सबै श्रोताहरुले प्रसस्त साहित्यिक रसास्वादन गरि रमाएको मैले अनुभब गरेको छु। यस अर्थमा कवी चौधरीको न्युयोर्क शृंखला सफल भएको ठानेको छु!”

कार्यक्रम उद्घाेषिका शकुन ज्ञवालीले कवि चाैधरी अधिकांश उद्याेगी भन्दा फरक र अत्यन्त सरल स्वभाव भएकाे पाएकाे बताउनुभयाे। आयाेजक सँस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयाेर्कले कवि चौधरीलाई स्वागत तथा सम्मान गरेकाे थियाे। विश्व–काव्य यात्राको २० औँ शृङ्खला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा प्रस्तुत गर्दैहुनुहुन्छ।

प्रतिक्रिया