औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड सम्पन्न

इनेप्लिज २०७६ भदौ २७ गते १०:३८ मा प्रकाशित

काठमाडौं : औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड-२०७६ सम्पन्न भएको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा बुधबार एक भव्य कार्यक्रमबीच औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डको प्रथम संस्करण सम्पन्न भएको हो ।

औद्योगिक शान्ति नेपाल संस्थाको आयोजना तथा क्रियटिभ इन्साईट मिडियाको ब्यबस्थापनमा सम्पन्न भएको उक्त अवार्डमा समारोहमा नेपालका पहिलो ड्रमर देव रानालाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ सङ्गीतकार राजु सिंहलाई रजत सम्मान प्रदान प्रदान गरिएको थियो ।

त्यस्तै पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हरिहर विरहीलाई विशेष पत्रकारिता सम्मान तथा कृष्ण भुसाल, सोम शर्मा बजगाईं, किरणप्रसाद अधिकारी र कमला जोशीलाई सम्मान गरिएको थियो । समारोहमा बरिष्ट सौन्दर्यविद रश्मिला श्रेष्ठ, सोनी काररंजित, समाजसेवी दिपक थापा, सुनिल बज्राचार्य, छिरीङ डोल्मा शेर्पा, डि.बि. रानापाल, ढाका उधोग ब्यबसायी कल्पना लिम्बु योङ्गहाङ, राष्ट्रिय खेलाडी जनक बर्तौला, भेष खड्की,  इभेन्ट अर्गानाइजर निशु झा तथा पवन अग्रवाल लगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

अवार्ड समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी कोइराला, नेकपाका नेता घनश्याम भुसाल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल सास्कृतिक संघको सभापति तिर्थ थापा, गायक सिताराम पोखरेल  लागयतले सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र, दोसल्ला, टोपी र माला प्रदान गरेका थिए ।

निर्देशक एवम् आवाजको दुनियाँका साथी दिनेश डिसीले सञ्चालन गरेको अवार्ड समारोहमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य राखेका थिए ।

अवार्ड कार्यक्रमको निर्देशक सञ्चारकर्मी सूर्य चन्द रहेका थिए भने कार्यसमितिमा उपाध्यक्षमा राजकुमार खड्का, महासचिव शंकर गुरुङ, कोषाध्यक्षमा प्रितम मल्ला ठकुरी, कार्यालय प्रमुख विनोद जयसवाल, कार्यालय सचिव विनोद सुर्खेती रहेका छन् ।

 

अवार्ड चुम्न सफलहरु

सर्वोत्कृष्ट गायक सुगम सङ्गीत

रमेशराज भट्टराई – राखी

सर्वोत्कृष्ट गायिका सुगम सङ्गीत

रेणु मोक्तान – दीलै आज

सर्वोत्कृष्ट गीतकार सुगम सङ्गीत

डा. डी.आर.उपाध्याय – स्वार्थी दुनियाँ

सर्वोत्कृष्ट सङ्गीतकार सुगम सङ्गीत

ज्योति प्रकाश – विन्ति छ मलाई

सर्वोत्कृष्ट युगल गायन सुगम सङ्गीत

समीर आचार्य/विद्या तिवारी – घाममा सुकाइदेऊ

सर्वोत्कृष्ट गायक लोकदोहोरी

कुलेन्द्र वि.क. – सालको पात

सर्वोत्कृष्ट गायिका लोकदोहोरी

राधिका हमाल – लाहुरे

सर्वोत्कृष्ट शब्द लोकदोहोरी

शिव हमाल – लालुमै

सर्वोत्कृष्ट भाका लोकदोहोरी

वसन्त थापा – सालको पात

सर्वोत्कृष्ट पप गायक

मानसराज – जे पर्ला पर्ला

सर्वोत्कृष्ट पप गायिका

सोना अमात्य – म त खुल्ला छ

सर्वोत्कृष्ट पप रचनाकार

रमेश दाहाल – मिठो गीत

सर्वोत्कृष्ट पप सङ्गीतकार

आशिष अबिरल – माया लुकी लुकी

सर्वोत्कृष्ट कल्चरल गीत

गायक रुद्र सेन विश्वकर्मा – कानोमे आहाके झुम्का

गायिका लक्ष्मी तामाङ – डम्फूको ताक्धुम

सर्वोत्कृष्ट राष्ट्रिय भाव

अम्बिका गुरुङ – मेरो देश नेपाल

सर्वोत्कृष्ट नवप्रतिभा

गायिका सञ्जु न्यौपाने – लाहुर

गायक इन्द्र दोङ लामा – लुंगी र चोली

सर्वोत्कृष्ट नवनिर्देशक

प्रहिल कार्की –प्रेमको तिर्खा

 

सर्वोत्कृष्ट नवमोडल महिला

मनिषा सापकोटा – हामी बादलभित्र

सर्वोत्कृष्ट नवमोडल पुरुष

विशाल थापा – प्रतिबिम्व

सर्वोत्कृष्ट निर्देशक

सुमन पण्डित – विन्ती छ मलाई

सर्वोत्कृष्ट मोडल महिला

मिनाक्षी महतरा – सुस्तरी

सर्वोत्कृष्ट मोडल पुरुष

नारायण ढकाल – विन्ती छ मलाई

जुरी अवार्ड गीतकार

शान्तिप्रिय – याद तिम्रो

जुरी अवार्ड गायक

विश्वराम कार्की – सोलमारी टुच्च

जुरी अवार्ड गायिका

सुशिला पाठक– सानीलाई

क्रिटिक्स अवार्ड म्युजिक भिडियो नवनिर्देशक

दीपकराज पाठक – मैले भन्दा

क्रिटिक्स अवार्ड गायक

विनय कुमार कार्की

इन्करेजमेन्ट अवार्ड गायिका

सुजाता केसी – मलाई के थाहा त

इन्करेजमेन्ट अवार्ड गायक

दौलत राई

पपुलर गायिका अफ दि इयर

टीका प्रसाईं – माया लुकीलुकी

पुलर गायक अफ दी इयर

रोज मोक्तान – शिर शिर हावा

स्टेज पर्फमर अफ दि इयर गायक

गायक रमेश श्रेष्ठ

स्टेज पर्फमर अफ दी इयर गायिका

गायिका सहिमा श्रेष्ठ

म्यानेजमेन्ट च्वाइस अवार्ड

गायक रविन्सन श्रेष्ठ

गायिका प्रसन्ना पाण्डे

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक

राजनराज शिवाकोटी

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका

विन्दू परियार

प्रतिक्रिया