गंगाराम राष्ट्रिय खेलकुद परिषदका उत्कृष्ट कर्मचारी

इनेप्लिज २०७६ भदौ २७ गते ९:२९ मा प्रकाशित

काठमाडौं, २७ भदाै । राष्ट्रिय खेलकुद परिषदले १३औँ साग गेम करातेका नेशनल कोच गंगारम महर्जनलाई उत्कृष्ट कर्मचारी घोषित गरेको छ ।

परिषदको ५६औँ वार्षिकोत्सवको सम्मान तथा पुरुस्कार वितरण समारोहमा महर्जनलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरिएको हो ।

महर्जन आठौँ साग गेममा कराते खेलमा स्वर्ण पदक विजेता हुन् ।

महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ दर्जनभन्दा बढी स्वर्ण पदक हासिल गरिसकेका छन् ।

महर्जनले अहिले १३औँ साग गेम खेल्ने करातेका खेलाडीहरूलाई दैनिक बिहान २ घण्टा बेलुकी २ घण्टा प्रशिक्षण दिइरहेका छन् ।

१३औँ साग गेममा करातेले सबैभन्दा बढी स्वर्ण ल्याउने महर्जनले बताएका छन् ।

प्रतिक्रिया