रोल्पामा पहिरोले घर बगायो, एकै घरका आमा–छोराको मृत्यु

इनेप्लिज २०७६ भदौ २७ गते ९:२२ मा प्रकाशित

काठमाडौँ, २७ भदौ । रोल्पामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । अन्य चार जना वेपत्ता भएका छन् ।

मृत्यु एकै परिवारका आमा-छाेराकाे रहेको प्रहरीले जनाएको छ । गएराति आएको पहिरोमा परेर थबाङ गाउँपालिका-२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको हो ।

एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरले वर्षा अझै नरोकिएको र लेदो माटोका कारण उद्धारमा कठिनाई भइरहेको बताएका छन् ।

प्रतिक्रिया