शुक्रबार, असोज ३ २०७६
काठमाडौं १८:०५
वासिङटन डिसी 08:20

तामांग समाज नर्थअमेरिकाको दोस्रो सम्मेलन वासिंगटन डिसीमा हुने

इनेप्लिज २०७६ भदौ २५ गते २२:३५ मा प्रकाशित

तामांग समाज नर्थअमेरिकाको दोस्रो सम्मेलन अमेरिकाको राजधानी वासिंगटन डिसी महानगर क्षेत्रमा यहि आउने २०७६ सालको भदौ २९ र ३० गते हुने भएको छ । उक्त जानकारी तामांग समाजका कार्यकारी अध्यक्ष  लोक्यन लामाले इनेप्लिजलाई दिनु भएको छ ।

करिब ७० जना अमेरिकाका बिभिन्न राज्यहरुबाट आउने प्रधिनिधिहरुले समाजका बिधान तथा निर्देशिका सम्बन्धि छलफल गरेर बिश्वासको मत बटुलेर विधानलाई संसोधन गर्ने छन ।

अमेरिकामा पहिलो स्थापना भएको तामांग समाजले नेपाली समुदाय भित्र ठुलो भूमिका खेल्दै आइरहेको  छ । सन् २०१८ मा विश्वभरका तामांग प्रधिनिधिहरु बोलाएर जनवरी महिनाको १३ र १४ गते न्युयोर्कमा बृहत सम्मेलन भएको थियो  ।

प्रतिक्रिया