शुक्रबार, असोज ३ २०७६
काठमाडौं १४:०७
वासिङटन डिसी 04:22

न्युहेम्प्शायरमा समर पिकनिक सम्पन्न

इनेप्लिज २०७६ भदौ २५ गते ११:०३ मा प्रकाशित

-सुरेश चाम्लिङ्ग
न्युहेम्प्शायर बाट
न्युहेम्प्शायर बाट युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंगलैंड च्याप्टरको आयोजनामा हालै न्यु हेम्शयारमा समर पिकनिक सम्पन्न भएको छ।न्यु हेम्शयार राज्यको नोट्टिङ्घम सिटीको पाउटुकेट्स पार्कमा भएको पिकनिक कार्यक्रममा अमेरिका आउनु भएका नवान्तुक हरुलाई स्वागत गरिएको थियो।बेलायत र नेपालबाट आउनु भएको पाहुना हरुलाई केक काटेर स्वागत गरिएको थियो।

सोहि कार्यक्रममा च्याप्टरको अधिवेशन बाट निर्वाचित पदाधिकारी हरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।बोस्टन, न्यु हेम्प्शायर कनेक्टिकेट र रोडआइसल्याण्ड राज्यबाट सहभागी हरु आउनु भएको थियो।

प्रतिक्रिया