शुक्रबार, असोज ३ २०७६
काठमाडौं १४:१२
वासिङटन डिसी 04:27

डिसी क्षेत्रमा तेश्रो पटक विवाह मेलाको आयोजना गरिने

विजय थापा २०७६ भदौ २५ गते ०:४१ मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा तेश्रो पटक बिहे मेलाको आयोजना गरिने भएको छ । पहिलो र दोश्रो बिबाह मेला सफलतापूर्वक सम्पन्न गरे पश्च्यात यस बर्ष पनि तेश्रो पटक बिबाह मेला नोभेम्बरमा आयोजना गर्ने भएको छ ।

तेश्रो बिबाह मेला बिगत बर्ष झैँ ग्यालेक्सि इभेन्ट्स सोलुसनको आयोजना तथा डिजे सोलक्रीस तथा फोटो पसल को सहकार्यमा नोभेम्बर १७ आइतबारका दिन  भर्जिनियामा हुने छ ।

भर्जिनियाको स्प्रिङ्ग्सफिल्ड शहर स्थित वाटरफोर्ड रिसेप्सन ( स्वागत कक्ष भवन) मा दिउसो १२ देखि ४ बजे सम्म हुने छ । गत बर्ष दोश्रो पटक आयोजना गरिएको बिहे मेला उत्साहजनक समापन भए पछि अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका थिए । त्यसलाई निरन्तरता दिदै यस बर्ष अझ सफल बनाउन हामी लागि पर्ने आयोजक मध्ये कै एक ग्यालेक्सि इभेन्ट्स सोलुसन का विपीनराज उप्रेतीले बताए ।

वेडिंग मेला (बिहे मेला) नेपाली समुदायको लागि आयोजना गरिने छ । विवाह र साँस्कृतिक पर्वहरुका लागि आबश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रुपमा उपलब्ध गराइने मुख्य उद्धेश्यले बिबाह मेलाको आयोजना गरिदै आएको आयोजक ले जनाएका छन् ।

गत बर्ष दुलहा दुलहीका कपडाका व्यापारी,नेपाली परिकारका खाना,आपूर्तिकर्ताहरु,सजावटकर्ताहरु,गरगहना पसल,बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष ,मेहन्दीवाला,लिमोजिन सवारी साधन (बिशेष कार)का संचालक,नेपाली पण्डित ,केक पसलका व्यापारी ,बिहेका फूलहरु आपूर्तिकर्ता फोटो (तस्बिर )तथा भिडियोग्राफर(श्रब्यदृश्यकार)हरुको पनि सहभागिता रहेको थियो ।

गत बर्ष अधिकांशले यस्तो प्रकारको बिबाह मेला अमेरिकाका अन्य राज्यमा पनि हुनु पर्ने सुझाव दिएका थिए । ग्यालेक्सि इभेन्ट्स सोलुसनका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको सयुक्त आयोजनामा बिबाह मेला आयोजना हुनेछ ।

Date: November ,17th 2019
Time:12pm to 4pm
Venue: Waterford Receptions
6715 Commerce St
Springfield, VA 22150

प्रतिक्रिया