शुक्रबार, असोज ३ २०७६
काठमाडौं १३:२६
वासिङटन डिसी 03:41

वर्ल्ड नेपाली म्युजिक अवार्डमा ७८२ फर्म दर्ता,अन्जु पन्तको प्रस्तुति हुने

इनेप्लिज २०७६ भदौ २४ गते २२:०८ मा प्रकाशित

आगामी नोभम्बर २३ मा अमेरिकाको न्यू योर्कमा सम्पन्न हुन गइरहेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’का लागी जम्मा ७ सय ८२ फर्म दर्ता हुन आएका छन् । अवार्ड संयोजक सुमन बुढामगरका अनुसार नेपालसँगै विश्वका बिभिन्न राष्ट्रबाट उक्त फर्म दर्ता भएका हुन् ।

जम्मा १३ बिधामा प्रदान गरिने यो अवार्डका लागी यसपछिको चरणमा उत्कृष्ट दश छनोट गरिनेछ । जुन नेपालमा गीतसंगीतमा लामो समयदेखी काम गर्दै आएका बिभिन्न संघ संस्थाका अध्यक्षहरुबाट छनोट हुनेछ । त्यसपछिको चरणमा निर्णायकहरुले उत्कृष्ट तीन छनोट गर्ने छन् र उत्कृष्ट तीनलाई अमेरिकाको न्यूयोर्कमा लगिनेछ ।

‘नेपालसँगै विश्वभरीका देशहरुबाट फर्म भरिएको छ । मलेसिया र कतार बाहेक धेरै देशहरुबाट फर्म आएका छन् ।’ संयोजक सुमनले भने । संस्थाका अध्यक्ष आङ गेलु शेर्पाका अनुसार यसरी म्युजीक क्षेत्रको अवार्ड न्यूओर्कमा पहिलो पटक आयोजना हुदैछ । साथै अहिलेसम्मकै भब्य र सभ्य तरिकाले अवार्ड सम्पन्न हुने शेर्पा बताउँछन् ।

वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को लागि लोकप्रिय गायिका अन्जु पन्तको प्रस्तुति समेत हुने छ । विभिन्न बिधाहरुमा पुरस्कार प्रदान गरिने छ ।

१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला ;२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला ;३. आधुनिक गीतः पुरुष र महिला ;४. लोक दोहोरी गीतः पुरुष र महिला ;५. लोक गीतः पुरुष र महिला ;६. गीतकार

७. संगीतकार;८. म्यूजीक भिडियो निर्देशन; ९. संगीत संयोजन;१०. लोपन्मुख गीतः पुरुष र महिला ;११. पप गीतः पुरुष र महिला ;१२. लोक गीत लय संकलक तथा १३. म्युजीक भिडियो मोडलः पुरुष र महिला लाई पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया