हैनभने प्रेस काउन्सिल खारेज गरे हुन्छ

अनिलभक्त खरेल २०७६ भदौ २४ गते २१:०१ मा प्रकाशित

अनिलभक्त खरेल, 

यतिबेला नेपाली सञ्चार क्षेत्रको भूमिका सकारात्मक भन्दा पनि नकारात्मक प्रवृत्ति हावी भएको छ । पत्रकारिताको आडमा गलत कार्य गर्नेहरूकै कारण सिंगो पेशा बद्नाम भैरहेको छ । सकारात्मक प्रवृत्तिलाई स्थापित गराउँदैं नकारात्मक प्रवृत्ति र पात्रलाई सच्याएर अघि बढ्नु पर्नेमा नकारात्क प्रवृत्तिलाई नै बढी प्रश्रय दिइएको छ । सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लंघन गर्नेहरूनै काउन्सिलमा सर्वेसर्वा भएपछि उनीहरुको गल्तीलाई कस्ले कार्वाही गर्ने ? “जो मुली उही बाटो ….” भने र्झै कार्वाही गर्ने निकायमा बसेकाबाटै नियम उल्लंघन भएपछि कसरी विधिको शासन हुन्छ र ? उपल्लो निकायमा बस्नेहरुनै अर्कालाई चोर औला तेस्र्याइरहेका छन् । चोर औला तेस्र्याउनेहरुले बुझुन् कि बाँकी ४ औलाले उनीहरुलाई नै गिज्याइरहेको छ । हैनभने प्रथम पृष्ठमा प्रमुख समाचार बनाएर अर्काको मानहानी गर्ने अनि भित्री पृष्ठमा भंगेरी अक्षरमा भुलसुधार गर्नेलाई के भन्ने ? नेपाली प्रेस जगतमा अहिले गल्तीमाथि गल्ती गर्नेहरुको हावी छ । यो सब प्रेस काउन्सिलनै निकम्मा भएर हो । यसरी गल्ती माथि गर्नेहरूमाथि कडाभन्दा कडा कार्वाही नहुने हो भने प्रेस काउन्सिल विघटन गरे हुन्छ । यसको लागि सर्वप्रथम प्रेस काउन्सिलमा कुनै पनि सञ्चार माध्यममा संलग्न नभएको व्यक्तिलाई अध्यक्ष बनाउनु पर्छ नकि पार्टीका झोले ? पछिल्लो समयमा प्रेस काउन्सिलले पत्रकार आचारसंहिता पालना गराउने भन्दा पनि अर्काको हुर्मत खोल्ने, आफ्ना विरोधीहरुलाई पाखा लगाउन न्वारनदेखिको बल देखाउने काम भैरहेको छ । अहिले पार्टी इतरका पत्रकारहरू सम्मानित नहुने, पुरस्कृत नहुने, पत्रपत्रिकाको वर्गीकरणमा पनि तल्लो तहमा पर्नुपर्ने, जनताको आवाज बोल्नेहरु पत्रकारका रुपमा दर्ज नहुने काम भैरहेको छ ।

नेपालमा दर्ता भएका ७ हजार भन्दा बढी पत्रपत्रिका मध्ये अहिले नियमित रुपमा प्रकासित हुने पत्रपत्रिकाको संख्या १ हजारको हाराहारिमा छ । त्यसमध्ये करीब ९ सय पत्रपत्रिका बर्गीकरणमा परेर राज्यबाट वितरण हुने समानुपातिक विज्ञापनरुपी हण्डि खाइरहेका छन् । राज्यले बार्षिक ३०औं करोड भन्दा बढी रकम खर्च गरिरहेको ती पत्रपत्रिकाको लागि । त्यस्तै प्रस काउन्सिलको खर्च झण्डै ५ करोड र त्यत्तिकै हाराहारिमा सुचना विभागको खर्च छ । यस हिसाबले झण्डै आधा अर्ब रुपैया तिनीहरुमाथि लगानी भैरहेको छ । तर प्रतिफल हात लाग्यो सुन्य भैरहेको छ ।

झण्डै आधा अर्ब खर्च भएपछि राज्य र जनताको पक्षमा बोल्नु पर्यो नि ? तर उनीहरुको पक्षमा बोल्ने कोही छैनन् र भएनन् पनि । जुन पछिल्लो समयले पुष्टि गरिसकेको छ । लाखौं जनता सडकमा आउँदा तीनिहरुको समाचार छाप्ने आँट कसैले गरेनन् । सारा देश रविमय भैरहँदा हण्डी खाने ९ सय मध्ये अधिकांशले सानो समाचार पनि प्रकाश गरेनन् । सबै रविलाई फसाउने भजनमण्डीकै पक्षमा रहे । उनीहरुले राम्रो हेक्का राखुन् गाई खाने बाघले मान्छे पनि खान्छ । विचरा तिनीहरुले पनि के गरुन् रविको र जनताको पक्षमा समाचार छापे बापत उनीहरु कि त वर्गीकरणमा पर्दैनन् परिहाले पनि तल्लो श्रेणीमा पर्नेछन् । त्यसैले उनीहरु सत्यको पक्षमा बोल्न डराए । यस्ता कुखुरे छाती भएकाहरुले पनि के पत्रकारिता गर्नु ?

पत्रकारिता गर्नेहरुले बुझुन् कि त्यागले मात्र व्यक्ति महान हुन्छ । के प्रेस काउन्सिलका कावा अध्यक्ष त्याग गर्न तयार छन् ? काउन्सिलको कावा अध्यक्ष वा पत्रिकाको सम्पादक ? के आम छापा माध्यम त्याग गर्न सक्छन् विज्ञापनरुपी हण्डी जुन जनपक्षीय समाचारको बाधक छ । रवि र आम जनताको खेदो खन्नेहरुले यो बुझुन् कि उनले नेपालमा पत्रकारिता गर्न अमेरिका जस्तो सम्पन्न मुलुकको नागरिकता त्यागे । जबकी १७ हजार जनता मार्नेहरुलाई यही अमेरिकामा घुम्न नदिएको झोकमा बेला न कुबेला भेनेजुयला बोल्न पुगे अन्ततः भिजेको मुसो जस्तै अमेरिकामा आएर फर्किए पनि । मासिक २०।३० हजारको लोभमा अन्याय परेको माथि कलम नचलाउनेहरुले पछि देशलाई शंकट परेको बेलामा कलम चलाउलान् भन्ने के ग्यारेन्टी ? सिक्किम यस्तैका कारण भारतमा विलय भएको हो । त्याग नै सबैभन्दा ठुलो चीज हो ।

यदि रविले अमेरिका नत्यागेको भए उनी अहिले रवि हुँदैनथे । त्यस्तै काले राईले घरबार नत्यागेका भए उनी डा. स्वामी प्रपन्नाचार्य हुँदैनथे, योगी नरहरिनाथःले त्याग नगरेको भए उनी राष्टगुरु हुँदैनथे । प्रल्हादले त्याग नगरेको भए उनी राजा हुँदैनथे , ध्रुवले त्याग नगरेको भए उनी पनि ध्रुव हुँदैनथे । बुद्धले त्याग गरे बुद्ध भए । राम, लक्ष्मण र सीताले त्याग गरे राम, लक्ष्मण र सीता भए । विभिषणले त्याग गरे पछि लंकाको राजा भए । देवकीले त्याग गरेर नै श्रीकृष्णको जन्म भएको हो । त्रिभुवनले त्याग गरे राष्टपिता भए । ज्ञानेन्द्रले पनि त्याग गरेका छन् पछि केही होलान् । त्याग नगर्ने दुर्योधनको के हविगत भयो र त्याग गर्ने पाण्डवको के भयो इतिहास साक्षी छ । लोभ, मोह, सत्ता, शक्ति, पावरको कसैले दम्भ नदेखाए हुन्छ । समय साइकलको पाड्ग्रा हो । शिखरमा पुगेको मान्छे कहिले जमिनमा पनि गिर्नै पर्छ । कसैले आफ्नो धरातल नर्बिसिउन् । धृतराष्टरुपी अन्धकार हटाउन् हैनभने कुरुक्षेत्रमा कौरवसेना नाशभए झै नाश हुनुपर्ला । चेतना भया ।

अस्तु । भर्जिनिया, अमेरिका

प्रतिक्रिया