जन्डिस भनेको के हो ? जन्डिस कसरी शुरु हुन्छ ?

इनेप्लिज २०७६ भदौ २४ गते ११:२९ मा प्रकाशित

आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ l जन्डिस आँफैमा रोग होइन l यो ५० भन्दा धेरै रोगको साझा लक्षण मात्र हो l जसरी “ज्वरो” आँफैमा रोग होइन, हजारौं रोगहरुको साक्षा लक्षण हो त्यसरी नै जन्डिस पनि शरीर भित्र हुने धेरै साधारण र असाधारण रोगहरुले बाहिर देखाउने एउटा लक्षण मात्र हो l जन्डिसको कहिल्यै पनि उपचार गरिदैन l बरु जुन कारणले जन्डिसको लक्षण देखाउंछ सोहि कारक तत्वको उपचार गरिन्छ l

जन्डिसको लक्षण देखिने बित्तिकै डाक्टरकोमा गएर के कारणले गर्दा जन्डिस भएको हो त्यो पत्ता लगाउन पर्छ l तपाईंको डाक्टरले पहिला पिसाब र रगत जांच गर्छन् l अलि जटिल खाले रोगको शंका लागेमा वा रगत र पिसाबबाट सम्पूर्ण जानकारी मिल्न सकेन भने Ultra Sound, CT scan, MRI, ERCP आदि बाट शरीर भित्र के भैराखेको छ, कुन कारणले यस्तो भयो भनेर खोजीनिती गर्छन् l अधिकांश case हरुमा (फेरी दोहोर्याउन चाँहे, अधिकांश समयमा) जन्डिस सामान्य रोगहरु/अवस्थाहरुबाट हुने गर्छन् र ३ हप्ताको आसपासमा आँफै सन्चो हुन्छ l यस्तो बेलामा डाक्टरले औषधि दिइहाले भने पनि शरीर चिलाउन नदिने, बान्ता हुन नदिने औषधि, Vitamins हरु आदि वा कहिले काहीं केहि समयको लागि bile बन्ने प्रक्रिया मत्थर गर्ने/bile stone बन्न नदिने औषधि आदि दिन्छन्

प्रतिक्रिया