देउवा र दाहालसँग चिनियाँ विदेशमन्त्री वाङ यीकाे भेटवार्ता

इनेप्लिज २०७६ भदौ २४ गते ११:०३ मा प्रकाशित

काठमाडौं, २४ भदाै । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनुअघि राजनीतिक भेटघाट गरेका छन् ।

विदेशमन्त्री वाङ यीले बिहानै भक्तपुर घुमेर फर्केका छन् । त्यसपछि उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दाेस्राे अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।

विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । नक्सालस्थित मेरिअट होटलमा उनले राजनीतिक नेतृत्वलाई भेटिरहेका हुन् ।

राजनीतिक भेटघाट सकेर नारायणहिटी दरबार संग्राहलय पुग्ने र त्यसपछि स्वदेश फर्कने उनको तालिका रहेको छ ।

प्रतिक्रिया