शुक्रबार, असोज ३ २०७६
काठमाडौं १३:१९
वासिङटन डिसी 03:34

अम्बर गुरुङको ” राजमार्ग ” सार्वजनिक हुदै

इनेप्लिज २०७६ भदौ २४ गते ०:२७ मा प्रकाशित

नेपाली राष्ट्रिय गानका संगीतकार तथा नेपाली गीत संगीतका महान श्रस्टा स्व. अम्बर गुरुङद्वारा रचित एवं संगीतबद्ध गरिएको ” राजमार्ग ” नामक सांगीतिक भिडियो आगामी शनिबार सार्वजनिक हुने भएको छ । नेपाली सांगेतिक क्षेत्रमा करिब तीन दशक बिताइसकेका वरिष्ठ गायक बशन्त खडकाको सुमधुर स्वरमा सजिएको सो गीतको प्रस्तुतकर्ता गायक स्वयं रहेका छन् ।

नेपालको पूर्वी क्षेत्रको मनोरम प्राकृतिक स्थानहरुमा छायांकन गरिएको सो भिडियोमा नेपाली नेपाली लोक , आधुनिक तथा चलचित्रमा उत्कृष्ट अभिनय गरेका अभिनेता सुरबीर पण्डित लगायत अनिता बस्नेत र सुवास थापाको जीवन्त अभिनय रहेको अनुमान गर्न सकिन्छ।नेपाली गीत तथा चलचित्रमा लामो समयदेखि छायांकन र निर्देशन गरेका मधुर बस्नेतको छायांकन र बाबुराजा के. सी. ” उज्ज्वल ” को निर्देशन रहेको सो गीतको स्वर रेकर्ड समिर मानन्धर , ध्वनी संयोजन तथा समिश्रण दिप तुलाधर र सम्पादन नविन घर्तिमगरको रहेको जनाइएको छ ।गायक खड्काका अनुसार आगामी शनिबार एक बिशेष कार्यक्रम मार्फत सो सांगेतिक गीति भिडियो श्रोता / दर्शक माझ गरिने भएको छ ।

प्रतिक्रिया