आइतबार, मंसिर २९ २०७६
काठमाडौं ०३:२०
वासिङटन डिसी 16:35

बसन्त चौधरी दाेस्राे चरणकाे विश्व काब्ययात्रा लिएर न्यूयाेर्कमा आउदै

तारा भट्टराई २०७६ भदौ २३ गते १८:३९ मा प्रकाशित

तारा भट्टराई ।गीतकार तथा कवि बसन्त चौधरी विश्व काव्य यात्रा श्रृंखला २ मा निस्किनुभएकाे छ।

आफ्नो यात्राको क्रममा यहीं सेप्टेम्बर ११ बुधवार का दिन १९ औ शृन्खालाका लागि न्यूयाेर्क आईपुग्दै हुनुहुन्छ। गत सेप्टेम्बर ८ मा क्यानाडाकाे टाेरण्टाेमा सकेर न्यूयाेर्कमा आउन लाग्नुभएकाे हाे भने यसपछि सेप्टेम्बर १५ का दिन भर्जिनियॉमा कार्यक्रम रहेकाे काब्ययात्रामा सँगै पाल्नुभएका कार्यक्रम सम्योजक साहित्यकार राजेन्द्र शलभले बताउनुभयाे।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयाेर्ककाे आयाेजनामा ज्याक्सनहाईटकाे Bellozino Banquet Hall मा हुनलागेकाे कार्यक्रममा चाैधरीले आफ्नाे काव्य सिर्जनाकाे एकल प्रस्तुती तथा ९ भाषामा एक्साथ प्रकाशित पुस्तक लाेकार्पण गर्दै हुनुहुन्छ।

एकल कवितावाचनको माध्यमबाट प्रवासमा बस्ने नेपाली माझ नेपाली भाषा, साहित्य प्रचार गर्दै नयाँ पुस्तामा जागरण सञ्चार गर्ने उद्देश्यले सन् २०१२ मा अमेरिकाको न्युयोर्कबाट आफ्नो विश्व काव्ययात्राको शुरुवात गरेकाे शलभले बताउनुभयाे।

चाैधरीले यसअघि पहिलाे चरणमा लण्डन, युनाइटेड अरब दुबई, सिक्क्मिको गान्तोक,हङ्गकङ्ग , सिङ्गापुर, जापानको टोकियो, अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा लगायत अमेरिकाकाे मेरिल्याण्डको बाल्टिमोर, न्यूयोर्क, डालस, डेनवर, एट्लान्टा लगायतका शहरहरुमा १७ वटा काब्यात्रामा आफ्ना सिर्जनाहरु प्रस्तुत गरिसक्नुभएकाे छ।

सबै साहित्यप्रेमीहरु आएर उहाँकाे काब्य सिर्जनाकाे फेरि पनि एकपटक स्वाद चाखेर हेर्नुहाेस्।

प्रतिक्रिया