शुक्रबार, असोज ३ २०७६
काठमाडौं १३:३०
वासिङटन डिसी 03:45

राफायल नाडालद्वारा युएस ओपन टेनिसको उपाधिमा कब्जा

इनेप्लिज २०७६ भदौ २३ गते १०:०९ मा प्रकाशित

न्युयाेर्क, २३ भदाै । राफायल नाडालले संघर्षपूर्ण खेलमा जित निकाल्दै युएस ओपन टेनिसको उपाधि जितेका छन् । नेपाली समय अनुसार सोमबार बिहान भएको फाइनलमा रुसका ड्यानिल मेडभेडेभलाई पाँच सेटको संघर्षपूर्ण खेलमा पराजित गर्दै स्पेनिस नाडालले चौथो पटक युएस ओपनको उपाधि जितेका हुन् ।

दाेस्रो बरियताका ३३ वर्षे नाडालले पाँचौँ बरियताका २३ वर्षे मेडभेडेभलाई पराजित गरेका हुन् । सुरुका दुई सेटमा अग्रता लिएका नाडाल त्यसपछिका दुई सेटमा पछि परे ।

पाँचौँ सेटमा मेडभेडेभ नाडाललाई पछि पार्दै पहिलो पटक ग्राण्डसलाम उपाधि जित्ने होडमा थिए । तर अन्तिम सेटमा नाडालले अग्रता लिएर उपाधि जितेका हुन् ।

नाडाल ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा विजयी भएका हुन् । यो जितका लागि नाडालले चार घण्टा ५१ मिनेट मैदानमा बिताउनु परेको हो ।

नाडालले योसँगै १९ पटक ग्राण्डसलाम उपाधि जितेका छन् । पुरुष एकल तर्फ सबैभन्दा धेरै ग्राण्डसलाम उपाधि जित्ने स्वीस रोजर फेडेरर भन्दा उनी एक उपाधिले पछि रहेका छन् ।

प्रतिक्रिया