एनआरएनए नाइजेरिया द्वारा लेगोसमा रक्तदान

इनेप्लिज २०७६ भदौ २२ गते २०:५३ मा प्रकाशित

गैरआवासिय नेपाली संघ, नाइजेरियाले आज लेगोसमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । रोटरी क्लब पाल्म ग्रुभ र महारास्ट्र मन्डला सह आयोजक रहेको उक्त कार्यक्रममा खुश्बु अर्याल , सोमेश अर्याल , आशा सरकार ,भरत सुनार , प्रकाश अर्याल ,रोहित भाङ्गर , बिरेन्द्र गुप्ता , अभिशेकमान सिंह , बिदुर घिमिरे ,सुरज गिरी , रमेश गुप्ता , रुपा गुरुङ , जिग्नेश देब , सन्दीप सिंह , भरत रिजाल , मनिष नायक लगाएत ६८ जनाले रक्तदान गरेका थिए । यो रक्तदान कार्यक्रम एनआरएन नाइजेरियाको तेस्रो पटकको कार्यक्रम हो ।

कार्यक्रममा एनआरएनए अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा , महिला उप संयोजक मन थापा , आइसीसी सदस्य चिरञ्जीवी रोका , पुर्ब अफ्रिका क्षेत्रीय उप संयोजक बिदुर घिमिरे , निबर्तमान अध्यक्ष बिश्वास पौडेल लगाएत पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजन एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया