भ्वाइस अफ नेपालका सी डी विजयको स्वरमा आयो हरि उप्रेतीको नयाँ गित “कस्तो चलन” [भिडियो ]

इनेप्लिज २०७६ भदौ २२ गते १४:०४ मा प्रकाशित

लोकप्रिय गीतकार हरि उप्रेतीको नयाँ गित “कस्तो चलन”को म्युजिक भिडियो सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालका विजेता सी डी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोलाई हाईलाइट्स नेपालको यु ट्युब मार्फत आइतबार सार्वजनिक गरिएको हो ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अबेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कृष्ण देबकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन।

लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीतको सिर्जनामा रहेका गीतकार हरि उप्रेतीको करिब २ दर्जन गीतहरु सार्वजनिक भैसकेका छन् भने १ दर्जन जति चलचित्रको गीतहरुमा उनको सिर्जना सुन्न सकिन्छ ।सन् २०१५ बाट औपचारिक रुपमा गीत लेख्न सुरु गरेका उनको गीतमा नेपालका ख्यातिप्राप्त गायक गायिकाको आवाज दिएका छ्न ।

उनले लेखेका गीतहरुले विभिन्न ५ वटा अवार्ड प्राप्त गरिसकेका छ्न । गीतलेखनको साथै समाजसेवामा त्यतिकै अग्रसर गीतकार उप्रेतीले प्रभु नारायण चौधरी फाउन्डेसनबाट रास्ट्रीय सम्मान समेत प्राप्त गरिसकेका छन ।

प्रतिक्रिया