नैना रेशममा रामजी खाँणको दमदार अभिनय (भिडियो)

इनेप्लिज २०७६ भदौ २१ गते १३:४८ मा प्रकाशित

नेपाली लोक क्षेत्रका लोकप्रिय युवा सर्जक तथा गायक चोलेन्द्र पौडेलले पार्वती गुरुङसँगको सहकार्यमा नयाँ गीत नैना रेशम बजारमा ल्याएका छन्् । रामजी खाँडको दमदार अभिनय रहेको उक्त गीतको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् । सुन्दर पर्यटकीय नगरी पोखरामा छायंकन गरीएको उक्त गीतको लय शब्द चोलेन्द्र पौडेलको रहेको छ भने पौडेललाई पार्वती गुरुङ्ले स्वरमा साथ दिएकी छन् । रामजी खाँणसंगै नितु गुरुङको अभिनय रहेको उक्त गीतको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

प्रतिक्रिया