शुक्रबार, असोज ३ २०७६
काठमाडौं १३:२२
वासिङटन डिसी 03:37

तीज महोत्सव भव्य रुपमा सम्पन्न गर्न संलग्न सबैमा अमेरिका नेपाल सहयोगी समाजको हार्दिक आभार

इनेप्लिज २०७६ भदौ २१ गते १०:५६ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा हरेक वर्ष हुने गरेको हरितालिका तीज महोत्सव यस वर्ष पनि वासिङ््टन डी सी महानगर क्षेत्रका नेपाली नारीहरु तथा स्वयंंसेवक पुरुषहरुको भव्य सहभागिताका साथ गत अगस्ट ३१ तारिख शनिवार भर्जिनियाको हेमार्केटमा सम्पन्न भयो ।

अपरान्ह तीन बजेदेखि सुरु भएर बेलुका १० बजेसम्म दर खाने र नाचगान गर्ने गरी भएको प्रवासी नेपाली चेलीहरुको अत्यधिक उत्साहजनक उपस्थितिले अमेरिका नेपाल सहयोगी समाजलाई नेपाली सांस्कृतिक उत्सवहरुको निरन्तरता दिन अझै प्रोत्साहित बनाएको छ ।

भर्जिनिया, मेरिल्यान्ड, वासिङ््टन डी सी, उत्तर क्यारोलाइना, न्युजर्सी, न्युयोर्क, ओहायो, केन्टकीलगायत विभिन्न राज्यबाट सहभागी भएका नेपाली आमा, दिदीबहिनीहरु तथा नयाँ पुस्ताका युवती तथा किशोरीहरुको भव्य उपस्थितिले हे मार्केटमा अवस्थित ब्वायज स्काउट अफ अमेरिकाको तालिम भवनको परिसरलाई पूरै नेपालमय बनाएको भन्ने सहभागीहरुबाट आइरहेको प्रतिक्रियाबाट अमेरिका नेपाल सहयोगी समाज गौरवान्वित भएको छ ।

सन् २००८ मा स्थापना भएको यस समाजले हरेक वर्ष तीज महोत्सव गरी यस क्षेत्रका नेपाली परिवारलाई एकै स्थलमा सामुहिक दर खाने र सांस्कृतिक नाचगानका लागि अवसर प्रदान गर्दै आएको छ । समाजले प्रवासमा नेपाली भाषा, साहित्य संस्कृतिको संवद्र्धन र विस्तारका लागि तिहारमा देउसीभैलो, नेपाली भाषा पाठशालाको सञ्चालन, स्वास्थ्यशिविर लगायतका कार्यहरु स्थायी रुपमा गर्दै आएको छ । यसप्रति नेपाली समुदायले गरेको निरन्तरको सहयोग र यस्ता अवसरहरुमा हुने गरेको भव्य उपस्थितिले समाजलाई स्थानीय समुदायको प्रतिनिधि संस्थाका रुपमा अझ जिम्मेवार बनाएको छ ।

प्रवासमा रहेर पनि यस संस्थाको आयोजनामा भएको यस वर्षको तीज महोत्सवमा सहभागी भई संस्थालाई माइतीको भूमिका निर्वाह गर्न अवसर प्रदान गर्नुहुने सबै सहभागी नारीजनमा अमेरिका नेपाल सहयोगी समाज हार्दिक धन्यवाद प्रकट गर्दछ । तीज महोत्सवलाई यति भव्य रुपमा सम्पन्न गर्न अहोरात्र संलग्न हुनुहुने यस समाजका सव्रिmय सदस्यहरु, समाजका संरक्षक, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, महोत्सवको भान्सा व्यवस्थापन, ध्वनिसंयोजन, परिवहनलगायका कार्यमा संलग्न सबै स्वयंसेवकहरुमा समाज हार्दिक आभार प्रकट गर्दछ । यस पटक नेपाली समुदायका नयाँ पुस्तका युवायुवती र किशोरकिशोरीहरुको उपस्थिति र स्वयंंसेवा निकै सह्राहनीय रहेको थियो ।

यसका लागि नयाँ पुस्ताका युवायुवती र किशोरकिशोरी विशेष धन्यवादका पात्र बनेका छन् । तीज महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न आर्थिक रुपमा सहयोग गर्नुहुने नेपाली समुदायका दाताहरु, नेपाली प्रतिनिधिमूलक स्थानीय संस्थाहरु तथा अमेरिकी संस्था सबैप्रति समाज हार्दिक आभार प्रकट गर्दछ । साथै तीज महोत्सवको तयारी बैठकदेखि सम्पन्न हुने समयसम्मका गतिविधिहरु समेटेर सञ्चारमाध्यमबाट सम्प्रेषण गर्नुहुने पत्रकारजनप्रति अमेरिका नेपाल सहयोगी समाज मुरीमुरी आभार व्यक्त गर्दछ ।

–केदारप्रसाद तिम्सिना
अध्यक्ष एवं कार्यसमिति परिवार
अमेरिका नेपाल सहयोगी समाज

तस्बिर :राजिव श्रेष्ठ

प्रतिक्रिया