“हिमालयन भाईब्स” द्वारा हामिल्टनमा संचालित तीन महिने मादल प्रशिक्षण कार्यक्रम सम्पन्न
हामिल्टन ( क्यानडा), नेपाली लोक संगीतको प्रबर्द्दन तथा जगेर्ना उद्देश्यले टोरोन्टोमा स्थापित सांगितिक समुह “हिमालयन भाईब्स” द्वारा हामिल्टनमा संचालित ३ महिने मादल प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भएको छ । समापन कार्यक्र्ममा बोल्नु हुन्दै “हिमालयन भाईब्स”का संयोजक हरि लम्सालले नेपाली लोक संगीत तथा लोकप्रिय बाजा मादलको प्रसार प्रचार तथा प्रशिक्षण गर्ने क्रममा हामिल्टनमा पनि नेपाली समुदायका साथीहरुको सहयोगमा मादल प्रशिक्षण कार्यक्रम संचालन गरिएको बताउनु भयो ।
कार्यक्रममा मादल प्रशिक्षार्थीहरु घनश्याम काफ्ले, रबिन्द्र नेपाल, लालु साउद, नरहरि काफ्ले, दिलराज अर्यालले प्रशिक्षण बारे आ आफ्नो अनुभब बताउनु भयो भने कार्यक्रमका प्रशिक्षक नेपालका प्रसिद्द बाद्द्य बादक एबम “मादल” पुस्तकका लेखक सानुराजा महर्जनले प्रशिक्षण कार्यक्रम सफल पार्न सह्योग गर्नु हुने सम्पुर्ण महानुभाबहरुलाई धन्यबाद ब्यक्त गर्नु हुन्दै यो प्रशिक्षण एउटा शुरुवात मात्र हो र सांगीतिक परिपक्वताकालागि निरन्तर स्वअभ्यास आबश्यक हुन्छ भन्नु भयो ।
मन्तब्य कार्यक्रम पस्चात प्रशिक्षार्थी तथा “हिमालयन भाईब्स” को समुहले संयुक्त रुपमा नेपाली लोकप्रिय गीत हरु ” लहनाले जुरायो कि” तथा “असारै महिनामा पानी पर्यो रुझाउने ” गीत प्रस्तुत गरेका थिए भने “हिमालयन भाईब्स”ले पनि नेपाली लोक सांगीतिक धून प्रस्तुत गरेका थिए । त्यस्तै हिमालयन भाईब्सका हरि लम्सालले सारंगीमा लोक धून प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रशिक्षार्थी गणेश न्यौपाने ले “लेकाली हो चोयाको डोको” गीत प्रस्तुत गरेका थिए। सांगीतिक प्रस्तुतिका बेला अतिथिहरुले कम्मर मर्काई मर्काई नाची साथ दिएका थिए। सो तीन महिने मादल प्रशिक्षण कार्यक्रममा गणेश न्यौपाने,दीपक भण्डारी, राजन कुमार दाहाल सूर्य भुसाल, शालिकराम लामिछाने,घनश्याम काफ्ले, रबिन्द्र नेपाल, लालु साउद, नरहरि काफ्ले, दिलराज अर्याल को सहभागिता थियो ।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
कति खर्बमा बेचियो कालापानी ?
नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको प्रेस विज्ञप्ति
बोस्टनमा सत्यनारायण पुजाको भिडियो
टेक्ससमा गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान
मेरिल्याण्डमा घरबाटै महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार
एएनएचएसका अध्यक्ष केदार तिम्सिनाले डिसीमा हुने बिरोध र्यालीमा सहभागी हुन् सबैलाई आग्रह
प्रतिक्रिया