शुक्रबार, असोज ३ २०७६
काठमाडौं १३:२१
वासिङटन डिसी 03:36

मेरिल्याण्डमा अर्काको घरमा झुक्किएर पस्न खोज्नेलाई घरधनीले बन्दुक चलाउदा मृत्यु ,घरधनी निर्दोष साबित

मृतक भर्जिनिया स्यानटिली निवासी

इनेप्लिज २०७६ भदौ २० गते १:०८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा अर्काको घरमा झुक्किएर पस्न खोज्नेलाई घरधनीले गोली हान्दा मृत्यु भएको छ । घरधनीले चलाएको बन्दुकको गोलीले निधन भएता पनि घरधनी निर्दोष साबित भएका छन ।

अमेरिकाको भर्जिनियाको स्यानटिली (च्यानटिली)निवासी आफ्नो साथीहरु संग पौडी पोखरीमा आयोजना भएको उत्सव( पूल पार्टी )मा सहभागी त्यहाँ पुगेका थिए । पौडी पोखरी समारोह सकिए पछि साथीको घरमा छिर्ने क्रममा संगै जोडिएको बारबेर (फेन्स )बाट झुक्किएर अर्काको घरमा पस्ने क्रममा सुरक्षाको लागि घरधनीले गोली प्रहार गरे पछि उनको निधन भएको थियो ।

अमेरिकामा अधिकांशसंग बन्दुक राख्ने चलन हुने हुनाले आफ्नो सुरक्षा भनि यसरी राती घर छिर्न प्रयास गर्ने माथि गोली प्रहार गर्न पनि सकिने हुनाले उनि माथि गोली प्रहार गरिएको हो । उनले मादक पदार्थ सेवन पनि गरेका थिए भने उनले साथीभाईले उनलाई जिस्केर चुकुल लगाई दिएको भनि ठानेका थिए भनि उनका वकिलले वकालत गरेका थिए ।

मध्य रातमा झन् चिच्याएर घन्टी दिए पछि उनि माथि गोली चलाईएको प्रहरीले जनाएको छ । अमेरिकामा हरेक घर जस्तोमा सुरक्षाको लागी जडान गरिएको चित्रग्राहिणी ( श्रब्य दृश्य चित्रग्राहिणी -भिडियो क्यामरा )द्वारा मारिएका व्यक्तिले गरेको हर्कत द्वारा बाध्य भएर घर धनीले गोली चलाएका थिए ।

उक्त घटना मेरिल्याण्ड राज्यको होवार्ड काउन्टी निवासी घरमालिकलाई कुनै दोषारोपण नलाग्ने भएको छ । ५६ बर्षिय घर धनी चार्ल्स डोर्सेले गत जुलाई २१ का दिन भर्जिनियाको स्यानटिली निवासी ४६ बर्षिय गेरार्ड़ो एसपिनोजालाई गोली प्रहार गरेका थिए ।

अर्काको घरमा राती १ बजे घन्टी दिंदा उनि मारिएका थिए । मृतकका वकिलले उनले घर बिर्सेको र बारम्बार भित्र जान घन्टी बजाएका थिए भनि तर्क पेश गरेका थिए । र मृतकले साथीभाईले मजाक गरेका होलान भनि ठानेका थिए ।

मृतकले सिमित मात्रामा पिउनु ३ गुणाले ज्यादा पिएको र मातेकोले ढोका हल्लाउने र भित्र धकेल्ने र जबर्जस्ती भित्र पस्न खोजेका थिए । १३ मिनेट सम्म दुवै तर्फ बाट ठेलमठेल भए पछि मृतक ढोका भित्र पसेका थिए ।

भित्र पसे पछि घरधनीले केवल एक गोलि चलाएका थिए जुन काँध हुँदै कलेजो छिया परेको थियो । अनुसन्धानकर्ताले घर धनीले आत्म सुरक्षाको लागि भन्दै निर्दोष भएको बयान दिएका थिए ।

अमेरिकामा रिङ्ग भिडियो नामक (श्रब्य दृश्य चित्रग्राहिणी)अत्यधिक घरमा जडान भएको हुन्छ । यति मात्र हैन छर छिमेकीका कुनै पनि घटना हुने बित्तिकै हेर्न पनि पाइन्छ ।

अमेरिकामा सबै भन्दा खतरा भनेको रातीको समयमा झुक्किएर छिर्न खोजेमा या पस्न खोजेमा पनि यस्तो दुर्घटना हुने सम्भावना हुन्छ र यस्ता थुप्रै घटनामा गोली प्रहार गर्नेलाई निर्दोष मानिएको छ ।

समाचार श्रोत : डब्लुटिओपी डटकम ; तस्बिर कृतज्ञता : होवार्ड काउन्टी स्टेट अधिवक्ताको कार्यालय

Courtesy Howard County state’s attorney’s office

प्रतिक्रिया