प्रवासी भुजेल समाज कतारले स्थापना दिवस तथा तिज विषेश कार्यक्रम गर्दै

भोला थापा क्षेत्री २०७६ भदौ १८ गते ७:४४ मा प्रकाशित

भोला थापा क्षेत्री,कतार ।

प्रवासी भुजेल समाज कतारले आफ्नो ९ औँ स्थापना दिवस तथा चेलीबेटी भेटघाट तिज बिशेष कार्यक्रम गर्ने भएको छ ।

कतारको सनैया स्थीत लालिगुराँस रेष्टुरेन्टको सभाहलमा आगामी १३ सेप्टेम्बरका दिन उक्त कार्यक्रमको आयोजन गरेको समाजका सचिव प्रभात भुजेलले जानकारी दिए ।

भुजेलले कार्यक्रममा कतारमा कार्यरत भुजेल दाजुभाइ तथा दिदिबहिनी अनि गैर भुजेल दाजुभाइ दिदिबहिनीहरुलाई उपस्तिथिको लागि हार्दिक अनुरोध समेत गरेका छन उनले हामीले स्थापन दिवस सगैँ चलिवेटी भेटघाट तिज बिषेश कार्यक्रम पनि राखेका छौ यसैले सो दिन दिदि बैनीहरुलाई बाक्लो उपस्थीती रहेने र कार्यक्रम मनोरञ्जनात्मक हुनेमा ढुक्क रहेको बताए ।

कार्यक्रममा सँस्थाले स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने बताएको छ भने कार्यक्रममा जानका निम्ती यातयताको समेत व्यवस्त रहेको सचिव भुजेलले जानकारी दिएका छन ।

प्रतिक्रिया