राष्ट्रिय चलचित्र कन्फरेन्स यही २०७६ भदौं २६, २७ र २८ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने
मानव अधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा यही भदौं २६, २७ र २८ गते तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स आयोजना हुन लागेको छ । राष्ट्रिय चलचित्र कन्फ्रेन्स नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्र माथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम सो तीन दिने कन्फरेन्समा समेटिने छ ।
त्यस अवसरमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुनेछ । सो अवसरमा बरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पीच’ पनि समेटिने छ ।
नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुने यो कन्फ्रेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेशनल कलेज आदिको सहआयोजना रहने छ । यो कन्फरेन्सले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र चलचित्रलाई बौद्धिक क्षेत्रको चासो भित्र पार्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं । नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रको बारेमा गहकिलो बहस, छलफल र विमर्श गर्न पहिलो पटक यस्तो कन्फरेन्स हुँदैछ ।
चलचित्रको गुणस्तर बढाउन यो विधाको महत्व, प्रभाव स्थापित गर्दै चलचित्रको अध्ययन अनुसन्धान, प्राध्यापन र लेखनमा संलग्न बौद्धिक समुदाय र सबै विधामा कार्यरत चलचित्रकर्मीका बीचमा यस कन्फरेनसमा विमर्श हुनेछ । यस्तो विमर्शले चलचित्रमा चित्रण गरिने विभिन्न विषय, दृष्टिकोण, विचार, प्रस्तुतिकरण आदिले आम मानिसमा पार्ने प्रभावको अध्ययन, अनुसन्धान र त्यसका बारेमा हुने छलफलले परिपक्व र कलात्मक चलचित्र निर्माणको वातावरण बनाउन सहयोग पुग्नेछ । अर्कोतर्फ नेपाली समाज बुझ्न नेपाली चलचित्रको अध्ययन, विश्लेषणले मद्दत हुने कुरा पनि यस्ता कार्यक्रमले स्थापित गर्नेछ । आम मानिसलाई आफ्नो समाज बुझाउन र सौन्दर्य चेतना बढाउन कला साहित्यका अन्य विधा सरह चलचित्रको पनि महत्व बुझाउन यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वस लिएका छौं ।
चिरञ्जीवी गुरागाईं
सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत
फोनः ९८५१०२९२००
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस
मिथिला महोत्सव अमेरिका २०२१ कला प्रदर्शनीका लागि १० जना महिला सहित ११ कलाकारहरुको कलाकृति छनौट
विष्णुमायाको संघर्षको कथाले सहभागीका आँखा रसाए
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
प्रतिक्रिया