नासामा नयाँ कार्यकारी समिति गठन ,नव निर्वाचित अध्यक्ष अर्यालले तीनै अध्यक्षका उम्मेदवारलाई बनाए सल्लाहकार

विजय थापा २०७६ भदौ १७ गते १:३६ मा प्रकाशित

विजय थापा ,डिसी । दक्षिणपूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूको साझा क्षेत्रीय संगठन नासाको सम्पन्न निर्वाचनबाट नयाँ कार्यकारी समितिको गठन भएको छ । नासा ( नेप्लिज एसोसिएसन इन साउथईस्ट अमेरिका)को नयाँ कार्यसमितिका निर्वाचित पदाधिकारीहरुले पदावधि २०१९-२१ सम्म रहने छ ।

दुई बर्ष अवधिको लागि निर्वाचन गत सेप्टेम्बर १ ,२०१९ ,आईतबारका दिन सम्पन्न भएको थियो । नासा / अन्माको १५ औं संयूक्त सम्मेलन नर्थ क्यारोलिना राज्यको सुन्दर शहर विन्सटन -सेलममा भएको मतदानबाट अध्यक्षमा बिनय अर्याल,नर्थ क्यारोलिना तथा बरिष्ठ उपाध्यक्षमा अम्बिका लोहनी शर्मा जर्जिया निर्वाचित भएका छन् ।

यसै गरि उपाध्यक्षमा बिशाल भारती ,नर्थ क्यारोलिना ,महासचिवमा कृष्ण श्रेष्ठ,फ़्लोरिडा तथा सह सचिबमा रमा घिमिरे ,जर्जीया तीनै जना निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमानर्थ क्यारोलिनाका डा निर्मल पौडेल निर्वाचित भएका छन ।

यसै गरि कार्यकारिणी समितिका सदस्यहरूमा बन्दना खड्का ,नर्थ क्यारोलिना ,सावित्री रानाभाट , नर्थ क्यारोलिना , भिम प्रसाद तिमिल्सिना , नर्थ क्यारोलिना चेत भट्टाराई , नर्थ क्यारोलिना ,दिपक रानाभाट , नर्थ क्यारोलिना ,सि के पराजुली , जर्जीया ,प्रल्हाद शाह , नर्थ क्यारोलिना ,सुदर्शन गैरे , नर्थ क्यारोलिना ,मनोज कुमार राई , नर्थ क्यारोलिना ,नरेन्द्र बराल , साउथ क्यारोलिना ,आमोद देबकोटा , साउथ क्यारोलिना ,भिष्म राज अर्याल , भर्जिनिया ,डा सुमन सिलबाल (बिद्या वारिधि )अलाबामा ,कृष्ण देबकोटा . जर्जीया तथा शुसिल पौडेल टेन्नसी बिजयी भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त ज्ञानेन्द्र गदालले छापा बिज्ञप्ति मार्फत उक्त कुरा जानकारी गराएका हुन् । नवनिर्वाचित अध्यक्ष बिनय अर्यालले बिजयी भाषण दिने क्रममा अध्यक्ष पदका प्रत्याशी तीनै जना क्रमस डा ठाकुर कार्की,शिव बिष्ट तथा पशुपति न्यौपानेलाई सल्लाहकारमा मनोनित गरेका छन् ।

सार्वजनिक रुपमा उनले घोषणा गरे पछि तिनै जनाले उक्त प्रस्तावलाई स्वीकार गरि तिनै जनाले शुभकामना मन्तब्य राखेका थिए । लगत्तै बसेको प्रथम कार्यकारी समितिको बैठकबाट धन्यवाद ज्ञापन तथा सल्लाहकारहरु नियुक्त गरेको बारे पारित समेत भएको छ ।

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया