शुक्रबार, असोज ३ २०७६
काठमाडौं १४:११
वासिङटन डिसी 04:26

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठन द्वारा विराटनगरमा दुई दिने साहित्यिक गोष्ठी तथा पुस्तक प्रदर्शनी हुने ।

इनेप्लिज २०७६ भदौ १६ गते १२:२८ मा प्रकाशित

ईनेप्लिज विराटनगर प्रतिनिधी द्वारा प्रेषित खवर:

१५/५/७६
विराटनगर,

विराटनगरका प्रसिद्ध प्रेसकर्मी तथा पत्रकार स्व राजेन्द्र प्रसाद नेपाल तथा स्व मित्रविंदा नेपालको स्मृतिमा सन् २०१४ मा अमेरीकाको वोस्टन शहरमा स्थापित संस्थाको नेपाल च्यापटर हिजो पूर्वान्चलका कवि श्री गंडकीपूत्रको संयोजकत्वमा आगामी केही दिनमा (मिति पछि तोक्ने गरि )महेन्द्र चौकमा राजमित्र प्रांगणको निजी परिसरमा कार्यक्रम गर्ने वारेमा छलफल भयो ।

कार्यक्रम विराटनगरमा गर्नका लागि छलफल समेत गर्न र परिचयात्मक कविगोष्ठी पनि वडो ऊत्साहका साथ सम्पन्न भयो । कविता वाचन कविहरू गंडकीपुत्र,वलराम पोखरेल, मधु पोखरेल, शुभलक्ष्मी लम्साल,दिपक सम्झु,रामबाबु दाहाल,ऋतु आसिक,शिवनारायण पंडित , जीवन काफ्ले ,र अतिथि सुशील नेपालले गर्नु भएको थियो

ऊक्त अवसरमा संस्था की संरक्षिका ईश्वरी अधिकारी (सुमन ) नेपाल पनि उपस्थिति हुनुहुन्थ्यो।

प्रतिक्रिया