साहित्यिक अन्तक्रिया तथा कविता वाचन कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ भदौ १६ गते १२:१५ मा प्रकाशित

गत शनिबार ३० अगश्ट २०१९ पर्थ अस्ट्रेलियामा आख्यानकार नयनराज पाण्डेसँग साहित्यिक अन्तक्रिया तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । अनेसास पर्थले उक्त कार्तक्रम आयोजना गरेको हो । कार्यक्रममा लेखक पाण्डेले देश बाहिर हुने यस खालका गतिबिधिले नेपाली साहित्यमा ठुलो योगदान पुग्ने बताए । साथै पाठकहरुले दिएको स्नेह र सम्मानलाई जिन्दगीभरी नबिर्सिने भन्दै आफूलाई सुन्न यतिधेरै उपस्थिति अनुमानै नगरेको बताए । लेखक पाण्डे ले अब अनेसासको काधमा नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउने जिम्मेवारी आएको बताए ।

नयनराज पाण्डेका ‘उलार, ‘लु’ देखि ‘यार’ र ’सल्लिपिर’ सम्मका सबै पुस्तकहरु चर्चित छन् । कार्यक्रमको दोश्रो खन्डमा कविता बाचन गरिएको थियो । मणी पनेरु, दिपक सुबेदी, चुरामनी लामिछाने, एल बि छेत्री, निरज छेत्री, हरी अधिकारी, रोमन मानभ, गणेश घिमिरे र नेपालबाट आउनु भएका अबिभाबक आदिले कविता बाचन गरेका थिए ।

कार्यक्रमको संचालन अनेसास पर्थका उपाध्यक्ष हरी आधिकारिले गरेका थिए भने सहजकर्ताको भूमिका लेखक एल बि छेत्रीले निभाएका थिए ।

प्रतिक्रिया